चिनियाँ राजदुतद्वारा इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी
काठमाडौ/ बुधवार एक चिनियाँ राजदुतले इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी दिँदै सबै पक्षलाई संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्न र अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन् ।
इरानको वर्तमान अवस्थाले व्यापक ध्यान आकर्षित गरेको छ ।
युद्धको छायाँ मडारिरहँदा मध्यपूर्वमा तनाव बढिरहेको संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङले बताए ।
इरान एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै यसका मामिलाहरू इरानी जनताले आफैंले स्वतन्त्र रूपमा निर्णय गर्नुपर्ने बताए। चीनले इरानमा स्थिरता हेर्न चाहन्छ र समर्थन गर्ने उनको भनाइ छ । यसको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाको समर्थन गर्ने बताए।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।














