अमेरिकाबाट ८० नेपाली एकै पटक डिपोर्ट
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाले यस हप्ता ८० जना नेपाली नागरिकलाई एकै पटक डिपोर्ट गरेको छ ।
जुन पछिल्ला महिनाहरूमा भएको सबैभन्दा ठूलो डिपोर्ट उडानमध्ये एक हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट डिपोर्ट भएकाहरु मध्ये ७९ जना पुरुष र १ जना महिला रहेका छन् ।
अमेरिकी निकायले व्यवस्था गरेको चार्टर विमानमार्फत ती नेपालीहरू मङ्गलवार दिउँसो काठमाडौँ आइपुगेका हुन् । विमानस्थल अध्यागमन अधिकारीका अनुसार आगमनपछि उनीहरूलाई थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाइएको थियो ।
अध्यागमन विभागका अनुसार ८० जनामध्ये १० जनासँग ट्राभल डकुमेन्ट रहेको जनाइएको छ । त्यस्तै ७० जना अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका थिए । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा मात्र अमेरिकाबाट ४ सय ६८ जना नेपाली अमेरिकाबाट नेपाल डिपोर्ट भएका थिए । सन् २०२५ को डिसेम्बरमा ९८ जना नेपाली डिपोर्ट भएका थिए । ट्रम्प प्रशासनले नोभेम्बरमा ८०, मे महिनामा ५८ तथा सेप्टेम्बरमा ५३ जनालाई डिपोर्ट गरेका थिए ।
















