‘यो जोखिम हामीले उठाउनै पर्थ्यो,कांग्रेसको शान राख्छु’ : गगन थापा
काठमाडौं/ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले बाध्यता बस जोखिम उठाएको बताएका छन्।
विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मध्यरातमा थापाले भने ‘हामी कसैको पनि यो रहर थिएन । यो बाध्यता थियो । यो जोखिम हामीले उठाउनै पर्थ्यो । मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ।’
उनले कसैको शिर झुक्न नदिने र कांग्रेसको शान राख्ने बताए।
‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्रै पनि गर्वले छाती .फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ थापाले भने ।
साथै थापाले नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा अहिले विशेष महाधिवेशन गर्ने मन नभए पनि बाध्यताले गर्नुपरेको बताए ।
र यो पनि …
कांग्रेसको विशेष महाधिवेशन : गगन थापाको सभापतित्वमा कार्यसमिति निर्विरोध


















