डिस्काद्वारा विभिन्न व्यक्तिलाई अवार्ड प्रदान, थप ६ जनाको ब्ल्याक बेल्ट दीक्षान्त
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ड्रुक इन्टरनेशनल सितोरियो कराते एसोसिएसन डो (डिस्का) ले समुदायका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई डिस्का एनुअल अवार्ड प्रदान गरेको छ।
पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग स्थित डिस्काको केन्द्रिय डोजो ‘हम्बो डोजो’ मा आइतबार सम्मन्न साधारण सभा पछि ‘डिस्का एनुअल अवार्ड’ प्रदान गरिएको हो ।
डिस्का अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायद्वारा स्थापित कराते स्कुल हो। समुदायमा आधारित गैर नाफामूलक उद्देश्यले सन् २०१७ मा स्थापित डिस्काले अमेरिकामा सात स्थानमा कराते प्रशिक्षण गराउँदै आएको छ।

आफ्नो अभियान सफल बनाउन सहयोग गर्दै आएका व्यक्ति र संस्थालाई डिस्काले वार्षिक साधारण सभाको अवसरमा अवार्ड प्रदान गर्दै आएको छ।
कार्यक्रममा कारलय डोजोका खेलाडी वर्णन मगर र युएस कराते कुमितेका प्रमुख प्रशिक्षक सेन्सी डस्टिन बाल्डिसलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
वर्ष २०२५ को डिस्का स्वयंसेवक अवार्ड पिट्सबर्ग डोजोका युवा तिम्सिना प्रदान गरियो। वर्ष २०२५ को डिस्का अभिभावक ललिता बजगाईँ ह्यारिसबर्ग डोजोलाई प्रदान गरियो।
यस्तै वर्ष २०२५ को डिस्का उत्कृष्ट विद्यार्थी (महिला) कारलय डोजोका सेनपाई एन्जिला गुरुङलाई प्रदान गरियो। वर्ष २०२५ को डिस्का उत्कृष्ट विद्यार्थी (पुरुष) ह्यारिसबर्ग डोजोका सेनपाई रुनी रायलाई प्रदान गरियो।
वर्ष २०२५ को डिस्का प्रेसिडेन्ट अवार्ड आरुरा फाउन्डेसनलाई प्रदान गरियो । डिस्का भेट्रान अफ दि एयर २०२५ पिट्सबर्ग डोजोका सेन्सी टेक नेपाललाई प्रदान गरियो।
यस्तै वर्ष २०२५ को डिस्का सामुदायिक कराते पुरस्कार नेदरल्याण्ड्का राम कार्कीलाई प्रदान गरियो।
थप ६ जना ब्ल्याक बेल्टमा पदोन्नति र दीक्षान्त
कार्यक्रममा ६ जना खेलाडीको ब्ल्याक बेल्ट पदोन्नति तथा दीक्षान्त समारोह आयोजना गरिएको थियो।
डिस्काका अध्यक्ष डाक्टर हेमन्त घिसिङका अनुसार यस पटक ब्ल्याक बेल्ट दीक्षान्त हुनेमा ह्यारिसबर्ग डोजोबाट तीन र कारलय डोजोबाट तीन जना छ।
‘यी खेलाडी’ भोलीका दिनमा अमेरिकाको राष्ट्रिय टिमबाट प्रतिस्पर्धा गर्ने सक्ने स्तरका हुन्।’ खेलाडीलाई दीक्षित गर्नु अगाडि अध्यक्ष घिसिङले भने, ‘अघिल्लो पटक वर्णन मगर राष्ट्रिय टिमको नजिकै पुगेर पनि सानो गल्तीले चुकेका हुन यस पटक प्रयास गर्ने छन्।’
डिस्काका प्रमुख प्रशिक्षक सोके रन राईका अनुसार शुक्रवार देखि शुरु भएको तीन दिने सेमिनारमा शारीरिक र लिखित परीक्षा पछि ६ जनालाई ब्याल्कबेल्टमा पदोन्नति गरिएको हो।

आइतबार ब्याल्कबेल्टमा पदोन्नति हुँदै दीक्षान्त हुनेहरूमा कारलय डोजोका विन्स मगर, वर्णन मगर र इङ्गजाङ साउदेन छन् ।
यस्तै ह्यारिसबर्ग डोजोबाट अस्टिन बिस्ट, रुनी राई र रोजा तामाङले ब्याल्कबेल्टमा पदोन्नति भए।
ब्याल्कबेल्टमा दीक्षान्त भए पछि खेलाडीहरूले सपथ गरेका थिए। त्यस पछि प्रशिक्षक तथा अभिभावकहरूले बधाई तथा खुसी साटासाट गरेका थिए।
प्रमुख प्रशिक्षक रन राईका अनुसार आइतबार व्याल्कबेल्ट पाउनेहरूले कम्तिमा पनि पाँच वर्ष भन्दा धेरै समय देखि निरन्तर कराते खेल्दै आएका हुन्।
राईका अनुसार आइतबार ब्याल्कबेल्टमा पदोन्नति हुनेहरू डिस्काका छैटौँ ब्याच हुन्। डिस्का स्थापनाको आठ वर्षमा अहिले सम्म २२ जनाले ब्याल्कबेल्ट प्राप्त गरेका छन्।
डिस्काका अध्यक्ष डा. हेमन्त घिसिङका अनुसार डिस्काबाट अहिले सम्म झण्डै आठ सयले कराते प्रशिक्षण गरिरहेका छन्।
















