सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीवार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार तोलामा चार हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ७५ रुपैयाँले घटेर चार हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।










