पाँच सर्त सहित रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले पाँच सर्त सहित धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।
उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
आदेश पत्र

















