एमाले पदाधिकारीमा ओली पक्षका १७ र ईश्वर पक्षका मात्र २ जना विजयी
काठमाडौं / नेकपा एमालेको ११ औ महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित हुँदा केपी ओली पक्षबाट १७ जना रहेका छन्। अध्यक्षमा पराजित ईश्वर पोखरेल पक्षका दुई जना मात्र विजयी भए।
अध्यक्षमा केपी ओली भारी मत सहित विजयी भए। ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन्। उनले ईश्वर पोखरेललाई १०९९ मतले पराजित गरे।
अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे । ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त विजयी भए। महासचिव शंकर पोखरेल तथा उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भए।
सचिव महेश बस्नेत, पद्माकुमारी अर्याल,छविलाल विश्वकर्मा,शेरधन राई,हिक्मत कुमार कार्की,खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई र भानुभक्त ढकाल विजयी भए।
उपाध्यक्षमा विजयी गोकर्ण बिष्ट र उपमहासचिवमा विजयी योगेश भट्टराई ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवार बनेका थिए।
एमाले पदाधिकारीमा अन्तिम मत परिणाम
भोट संख्या २२ सय २७
अध्यक्ष
केपी शर्मा ओली:- १६६३ विजयी
ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष
पृथ्वी सुब्बा गुरुङ : १७३७
विष्णु प्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्ण राज विष्ट : १३६८
रघु जी पन्त : १२५८
गुरु प्रसाद बराल : ११३७
विन्दा पाण्डे :९२१
अरुण नेपाल : ४३९
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
भिम प्रसाद आचार्य : २६५
महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७













