ओहायो स्थित सनसाइन तेक्वान्दो रेनोल्ड्वर्गका थप सात खेलाडीलाई ब्ल्याक बेल्ट
रेनोल्ड्सवर्ग, ओहायो / ओहायोको सनसाइन तेक्वान्डो एकेडेमी रेनोल्ड्सवर्गका थप सात खेलाडीले ब्ल्याक बेल्ट पाएका छन्।
गत शनिवार रेनोल्ड्सबर्गमा आयोजित टेस्टमा सफल हुँदै थप सात जनाले ब्ल्याक बेल्ट पाएका हुन्।
सनसाइन तेक्वान्डो रेनोल्ड्सर्ग सन् २०२२ मा स्थापना भएको हो। शनिवार दोस्रो ब्याचको टेस्ट लिइएको हो ।
सनसाइन तेक्वान्दो एकेडेमीकी सञ्चालिका तथा मुख्य प्रशिक्षक कौशिला खनाल कर्माचार्यका अनुसार रेनोल्ड्वर्गको पहिलो ब्याच ६ महिना अगाडि सम्पन्न भएको थियो। जुन समय तीन जना ब्ल्याक बेल्ट पाएका थिए।
सनसाइन तेक्वान्दो एकेडेमी ओहायोको एक्रोन, रेनोल्ड्सवर्ग र कोलम्बस गरी तीन ठाउँमा सञ्चालित छ।
कौशिला अमेरिकामा नेपाली भाषी भुटानी समुदायमा सबै भन्दा उपल्लो बेल्ट प्राप्त तेक्वान्दो प्रशिक्षक हुन्। उनले पाँचौँ डान प्राप्त गरेकी छिन्। र उनी नै अमेरिका नेपाली भाषी भूटानी समुदायमा पहिलो तेक्वान्दो स्कुल स्थापना गर्ने व्यक्ति हुन्।
एरिजोनाको फिनिक्समा २०१० मा तेक्वान्दो स्कुल स्थापना गरी पाँच वर्ष सम्म सञ्चालन गरेकी कौशिला पछि ओहायो बसाइ सरे पछि सन् २०१९ मा एक्रोनमा सनसाइन तेक्वान्दो एकेडेमी स्थापना गरेकी हुन्।
एक्रोन पछि सन् २०२२ मा रेनोल्ड्वर्ग र सन् २०२३ मा कोलम्बसमा सनसाइन तेक्वान्दो एकेडेमी स्थापना भएको छ।
मास्टर कौशिलामा अनुसार अहिले सम्म सनसाइनबाट तेक्वान्दो सिकेकाहरू पहिलो देखि चौथो डान सम्म गरी ६० जना भएका छन्।
‘चौथो डान दुई र तेस्रो डानमा ६ जना सनसाइनका उत्पादन छन्।‘ समाज टाइम्स सँगको कुराकानीमा कौशिलाले भनिन्।
कौशिलाका अनुसार तीन वटा लोकेशनमा रहेको सनसाइन तेक्वान्दो एकेडेमीमा अहिले दुई २५ भन्दा माथि विद्यार्थी छन् ।
‘सनशाइन तेक्वान्दो एकेडेमी रेनोल्ड्सबर्गका लागि शनिवार एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको छ।‘ कौशिलाले भनिन्, ‘अनुशासन र उत्कृष्टताका साथ सात जनाले ब्ल्याक बेल्ट प्राप्त गरे।‘
सात जना मध्ये एक छात्रा र ६ छात्र छन्।
ब्ल्याक बेल्ट परीक्षा समारोह मास्टर कौशिला खनाल कर्माचार्य, सहायक मास्टर सोम आचार्य, सहायक मास्टर विनोद गुरुङ, सहायक मास्टर आर.बी. खड्का,प्रशिक्षक सरिता बस्नेत र प्रशिक्षक कमल भुजेल रहेका थिए।
‘प्रशिक्षक, खेलाडी र अभिभावकहरूको अपार सहयोगले सनशाइन तेक्वान्दो एकेडेमीले उपलब्धि हासिल गर्दै आएको छ।‘ कौशिलाले भनिन् ।















