‘झिँगेदाउ–२’ : दाप्चा फूलबारीमा क्यामेरा पूजा गरेर आर्यन सिग्देल लगायतका कलाकारहरू छायाङ्कनमा
काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायाङ्कन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायाङ्कन सुरु गरिएको हो ।
दाप्चा फूलबारीमा क्यामेरा पूजा गरेर कलाकार आर्यन सिग्देल लगायतका कलाकारहरू छायाङ्कनमा छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनीत दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ ।
कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायाङ्कन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।
चलचित्रका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् ।
स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै निर्माण टिमले निरन्तर छायाङ्कन अघि बढाइने निर्माण टिमको भनाइ छ ।














