साफ महिला क्लब च्याम्पियनसिप : नसरिन स्पोट्स एकेडेमीमाथि एपीएफको सहज जीत
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ ।
शुक्रवारदेखि काठमाडौँमा साफ महिला क्लब च्याम्पियनसिप सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको खेलमा नेपालको एपीएफ क्लबले बङ्गलादेशको नसरिन स्पोट्स एकेडेमीलाई ४–० गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ । खेलमा एपीएफका लागि रश्मी कुमारी घिसिङ र मिना देउवाले समान २–२ गोल गरेका थिए । खेलको पहिलो हाफसम्म नेपालले १ गोलको अग्रता लिएको थियो । बाकी ३ गोल नेपालले खेलको दोस्रो हाफमा गरेको थियो । रश्मीले खेलेको ३८ औँ, ७०औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै मिनाले खेलको ७० औँ र इन्जुरी समयमा गोल गरिन् । शुक्रवार नै भएको पहिलो खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेलको थियो ।











