फिफाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
कार्लाल, पेन्सिलभेनिया
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई‘फिफा शान्ति पुरस्कार’ प्रदान गरिएको छ ।
सन् २०२६ मा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको फाइनल ड्र सार्वजनिक हुन अगाडि राष्ट्रपति ट्रम्पले ‘फिफा शान्ति पुरस्कार’ प्राप्त गरेका हुन् । ‘फिफा शान्ति पुरस्कार’ यसै वर्षदेखि फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सुरुवात गरेका हुन् । फिफाका अनुसार शान्तिका लागि असाधारण तथा उल्लेखनीय कदम चालेका व्यक्ति तथा विश्वभरका मानिसहरूलाई एकताबद्ध गर्न योगदान पु¥याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गरेको जनाएको छ ।
वासिङटन डीसीमा आयोजित पुरस्कार ग्रहणपछि राष्ट्रपति ट्रम्पले आफूले कूटनीतिक पहलमार्फत दशौँ लाख मानिसको ज्यान बचाएको तथा युद्ध सुरु हुनु अघि नै रोक्न सफल भएको बताएका थिए । ट्रम्पले भने छन्, “यो मेरो जीवनको सम्मान मध्येको एक हो,”
साथै उनले सन् २०२६ विश्वकप फुटबलले टिकट बिक्रीतर्फ नयाँ विश्व रेकर्ड कायम गरेको समेत दाबी गरे । सम्मानपछि राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोले अविश्वसनीय काम गरेको प्रशंसा गरेका थिए ।
सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोलगायत तीन देशले सह–आयोजना गर्नेछन् । प्रतियोगिता आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म हुनेछ ।
















