नेपाली जनसम्पर्क समिति अमेरिकाले सदस्यता खुलायो
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली जनसम्पर्क समिति,अमेरिकाले आफ्नो सदस्यता आवेदन खुल्ला गरिएको जनाएको छ। समितिले शुक्रवार एक विज्ञप्ती मार्फत सदस्यता खुलेको जनाएको हो।
लामो समय सम्म अवरुद्ध जनसम्पर्क समितिको अधिवेशन डिसेम्बर २७ तारिखका लागि निर्धारण गरिएको छ।
समितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र आवेदन पनि संगै खुल्ला गरिएको जनाएको छ।
‘नेपाली जनसम्पर्क समिति,अमेरिकाको बुधवार डिसेम्वर ३, २०२५ का मितिमा सम्पन्न केन्द्रीय समिति र च्याप्टर समितिको संयुक्त बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको मंसीर १५ मा सम्पन्न केन्द्रीय समितिको बैठकपश्चात नेपाली जनसम्पर्क समिति समन्वय विभागको परिपत्र/निर्देशन अनुरुप दुवै सदस्यता खुल्ला गरिएको हो।’ विज्ञप्तीमा भनिएको छ।
अनलाईन प्रक्रिया मार्फत खुल्ला गरिएको यो आवेदन आगामी डिसेम्वर १५, २०२५ भित्र दुवै खाले सदस्यताको आवेदन भरिसक्नु पर्नेछ।
समितिको सदस्यता शुल्क ३० डलर कायम गरिएको छ। आवेदकले समितिले उपलब्ध गराएको बैंक खातामा शुल्क जम्मा गरेको प्रमाण र अमेरिकामा वैधानिक रुपमा बसोवास गरेको परिचय खुल्ने सवारी चालक अनुमति पत्र वा सम्बन्धित राज्यको आइडी समावेश गर्नुपर्नेछ।
क्रियाशील सदस्यता आवेदनका लागि नेपाली कांग्रेसले उपलब्ध गराएको बैंक खातामा आवेदकले नयाँ आवेदनका लागि ३० डलर र नवीकरणका लागि १५ डलर शुल्क तिरेको प्रमाण आवेदनका साथ संलग्न गर्नुपर्नेछ।
दुवै खाले सदस्यता आवेदन नेपाली जनसम्पर्क समिति,अमेरिकाको वेभसाईट (यहाँ क्लिक गर्नु होला) मा उपलब्ध छ ।
साधारण सदस्यता आवेदनका लागि यो लिंकमा क्लिक गरि फारम भर्न सकिन्छ।
नेपाली कांग्रेसको क्रियाशील सदस्य आवेदन/नवीकरणका लागि यो लिंक मा क्लिक गरि फारम भर्न सकिन्छ।
















