अमेरिकी संसदमा ‘दोहोरो नागरिकता’ हटाउने सम्बन्धी प्रस्ताव के हो?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकी संघीय संसदमा ‘डिस्क्वालिफाइ डोयल रोयल्टी एक्ट २०२५’ (सङ्घीय बिल एच.आर.५८१७) नामको प्रस्ताव पेश गरिएको छ।
यस विधेयकलाई २४ अक्टोबर २०२५ मा पेश गरिएको; हाल सदन प्रशासन समितिमा सिफारिस गरिएको छ। यो प्रस्ताव मात्र हो, पास भएको छैन।
प्रस्तावित बिलमा यदि कसैले अर्को देशको नागरिकता राखेको छ भने, उसले अमेरिकी कङ्ग्रेस सदस्य (प्रतिनिधि सभा वा सिनेटर) पदका लागि उम्मेदवारी दिन पाउने छैनन् भनिएको छ ।
यो विल पारित नै भएमा पनि यसले “कङ्ग्रेस सदस्य” को लागि हो । अर्थात् प्रतिनिधि सभा / सिनेट दुवै तर्फको चुनावमा “दोहोरो नागरिकता भएका” मानिसलाई रोक लगाउने भन्ने हो। अमेरिका बाहेक अर्को देशको पनि नागरिकता बोक्ने व्यक्ति संसद हुन नपाउने भन्ने हो।
यो प्रस्तावित कानुन सबै अमेरिकी नागरिकहरूले दोहोरो नागरिकता राख्नै नपाउने भन्ने होइन।
यसले किन चर्चा पाइसक्यो?
धेरै अमेरिकी सांसद र विधायिकाहरूले तर्क गर्छन् कि दोहोरो नागरिकता कुनै व्यक्तिको वफादारी स्पष्ट नहुने हुनसक्छ । विशेष गरी यदि त्यो व्यक्ति विदेशसँग सम्बन्धित भएमा।
नयाँ प्रस्ताव दोहोरो-वफादारी नभइ “राष्ट्र-प्राथमिकता” अर्थात अमेरिका पहिलो भन्ने नीतिका हिस्सा भनेर हेर्नेहरू छन्।
के अहिले दोहोरो नागरिकता खारिज हुने स्थिति हो?
होइन, अहिलेको प्रस्ताव सिर्फ कङ्ग्रेस सदस्यता (प्रतिनिधि / सिनेटर) को लागि हो।
साधारण अमेरिकी नागरिक, जन्मको आधारमा वा नेचुरलाइजेशनबाट नागरिकता लिएकाहरूलाई यो प्रस्तावित कानुनले कुनै असर गर्दैन जब सम्म तपाई संसद्को उम्मेदवार बन्नु हुँदैन। त्यो पनि यो कानुन पारित भयो भने।
त्यसैले “अमेरिकी नागरिकले अब दुई देशको नागरिकता राख्न नपाउने” भन्ने दाबी गलत र अतिरञ्जित हो।
प्रस्ताव पेश भएको पनि ठूलो बहस वा कानुनी स्वरूप प्राप्त भएको छैन। महत्त्वपूर्ण कुरा प्रतावित विधेयक पारित भए पनि, सामान्य अमेरिकी नागरिकको “दोहोरो नागरिकता” स्वतः हट्ने/समाप्त हुने छैन।
अहिलेसम्म, कोही विधेयक यस्तो छैन जसले “सबै अमेरिकी नागरिकबाट दोहोरो नागरिकता हटाउने” या “दोहोरो नागरिकता निषेध गर्ने” विषयमा व्यापक कानून बनाएका छन्।
किनभने अन्तर्राष्ट्रिय तथा कानुनी दृष्टिले, अफ्रोयिम विरुद्ध रस्क (१९६७) जस्ता अमेरिकी सर्वोच्च अदालतका निर्णयहरूका कारण अमेरिकी नागरिकलाई जबरजस्ती नागरिकता खोस्ने कानून बनाउनु संवैधानिक प्रणालीमा मुश्किल हुन्छ।
यस्ता प्रस्तावहरू “दोहोरो/विदेशी नागरिकता” भएका मानिसले कानुनी रूपमा अमेरिकाप्रति वफादारी विभाजित हुन सक्ने चिन्ताबाट उत्पन्न भएका हुन्। विशेष गरी, कङ्ग्रेस वा कानुनी पदीय अवस्थामा रहनेहरूको लागि “पूर्ण अमेरिकी वफादारी” विश्वासयोग्य हुनु पर्छ भन्ने दल/सदस्यहरूको दाबी छ।
अमेरिकामा दोहोरो नागरिकता हटाउने प्रयासहरू यस अगाडि पनि हुँदै आएका हुन तर ती असफल भए । अमेरिकाले कहिल्यै आधिकारिक रूपमा “दोहोरो नागरिकता” पूर्ण रूपमा प्रतिबन्ध गरेको छैन ।
अमेरिकी संविधानले नै नागरिकता खोस्ने विषयमा कडा सीमा लगाएको छ। त्यसैले इतिहासभर धेरै प्रयास भए पनि सर्वसाधारण अमेरिकी नागरिकको दोहोरो नागरिकता हटाउने कानून कहिल्यै पारित भएन।











