ह्यारिसबर्गमा शताब्दी पुरुषको सम्मान
ह्यारिसबर्ग पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा शताब्दी पुरुष मनोरथ तिम्सिनालाई सम्मान गरिएको छ।
त्रिवेणी साहित्य मञ्चद्वारा शनिवार आयोजित साहित्यिक कार्यक्रममा शताब्दी पुरुषको सम्मान गरिएको हो।
मनोरथ तिम्सिना सन् १९२५ नोभेम्बर १ तारिख भूटान चिराङको लब्सिबोटेमा पिता छविलाल र माता देवकाको माइला सुपुत्रका रुपमा जन्मिएका हुन्।
उनलाई ब्राइडहुड एडल्ट डे केयर सेन्टर र त्रिवेणी साहित्य मञ्चले सम्मान गरेका हुन्।
जातीय कारण भुटानबाट देश निकाल परेका तिम्सिना सन् १९९२ मा नेपाल पुगेका थिए। झण्डै १७ वर्ष नेपालमा शरणार्थी जीवन बिताए पछि तिम्सिना सन् २००९ मा अमेरिका आएका हुन्।
उनका तीन छोरा र चार छोरी छन्।
सोही सम्मान कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता वाचन समेत गरेका थिए।
मञ्चका अध्यक्ष केशब वैरागी माइलो , सचिव नारद आचार्य “सुदामा”, उपाध्यक्ष प्रेम घिमिरे , कविहरू पर्मा अधिकारी कान्छो , इन्दिरा प्याकुरेल , मिरा अधिकारी , देवी दागानेले कविता वाचन गरेका थिए।
कार्यक्रममा फुर्वा लामाले बाँसुरीको धुन बजाएका थिए।
मञ्चका अध्यक्ष केशब वैरागी माइलो सभापतित्वमा भएको कार्यक्रममा सचिव नारद आचार्य “सुदामा” सञ्चालन गरका थिए।
कवि गोष्ठीका विशेष अतिथि ८७ वर्षीय कुल न्यौपानेलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
न्यौपानेलाई मञ्चका अध्यक्ष केशव वैरागी माइलो र ब्राइडहुड डे केयर सेन्टरका तर्फबाट नेत्र आचार्यले सम्मान गरेका थिए ।



















