एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरूले सिक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरूमा पनि आवश्यक रहेको बताएकी छिन् ।
आइतबार गैर आवासीय नेपाली संघ(एनआरएनए)को बृहत् एकता सम्बन्धी कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरू पदका लागि एक आपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् ।
उनले भनिन्, ‘एनआरएनएहरूको यो उपस्थितिले बलियो बन्ने देखिएको छ । तपाईँहरू एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरूमा के भइरहेको छ तपाईँहरूलाई थाहा नै छ । पदका लागि एक आपसमा छिनाझपटी गर्न राम्रो होइन । कमसेकम तपाईँहरू मिलेजस्तो दलहरूमा पनि मेलमिलापको आवश्यक छ । नेता–नेता फुटेको देखिन्छ । विभिन्न दलहरूको एक आपसमा पानी बाराबार देखिन्छ । त्यस्तोले देश चल्दैन । तपाईँहरू मिल्नुभयो यो पनि राजनीतिक दलहरूका लागि उदाहरण हो ।’
उनले एनआरएनएहरूको नेपालीले पाउने नागरिकताबाट त्यो अभाव भए पनि नेपालप्रति आफ्नो सद्भाव कम हुन नदिएको बताइन् । ‘मेरो सल्लाह के छ भने तपाईँहरू नेपाली हुँ भनेर नेपालप्रति जति सद्भाव देखाउनुहुन्छ त्यति तपाईँहरूले नेपाली होइन भनी नेपालीले पाउने नागरिकताबाट त्यो अभाव बन्छ जस्तो मलाई लाग्दैन । किनभने जसले पनि आफ्नो मान्छेलाई आफ्नै मान्छेले बनाउँछ । जो नेपाली जहाँ रहेपनि नेपाली नै हो,’ उनले भनिन् ।
र यो पनि …
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबिच एकताको घोषणा















