बोइलिङ स्प्रिङ पद यात्रा एक स्मरण
नोभेम्बर १६ तारिख बिहान । सेन्टर पेन्सिल्भेनियामा हावाको गति तीव्र थियो। म अलिक ढिलो भएछु। बोइलिङ्ग स्प्रिङ्ग पद यात्राका लागि।
तोकिएको स्थानमा म पुग्दा धेरै जना भेला भइसकेका थिए। यद्यपि म भन्दा पछाडि पनि मान्छेहरू आइरहेका थिए पदयात्रामा सहभागी हुन ।
इन्सपायर टु एक्स्पोरले फेरि अर्को पद यात्राको आयोजना गरेको थियो, राष्ट्रिय हाइकिङ दिवसको अवसर पारे।
यस पटकको पद यात्रा यस कारणले विषेश बन्यो। यात्रामा दश वर्षका बालक देखि ७२ वर्षका पूर्व प्राध्यापक समेत सहभागी थिए । यस्तै मेडिकल डाक्टर, अधिकारकर्मीहरू समेत।
४५ जनाको टोली बेजोड सँग चलेको हावाको प्रवाह नगरी उकालो उक्लियो। इन्सपायर टु एक्स्पोरले घरमा खुम्चिएको समुदायलाई प्रकृति तर्फ फर्काउने अभियान स्वरूप पछिल्ला केही वर्ष देखि पद यात्रा आयोजना गर्दै आएको छ।
व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यलाई ठिक राख्न हिँड्नु पर्छ भन्ने उद्देश्य इन्सपायर टु एक्स्पोरले राख्दै आएको छ।
बीचमा आकर्षक चट्टानका थुप्राहरू भेटिए। अलिकति कठिन थिए त्यो बाटो । अप्ठेरो र चिप्ला पनि । तर पनि पदयात्रीलाई छेकेन।
पद यात्रामा रहेका मेडिकल डाक्टर खेम अधिकारी, अधिकार कर्मी विश्व क्षेत्री सहितले त्यो चट्टानी मार्ग पार गरे।
रुखका पातहरू झरी सेका थिए। सूर्यका किरण सोझै जमिनमा पुग्ने। यस पदकको पद यात्रामा चट्टानहरू धेरै देखिन्थे। सम्हालिएर हिँड्नु पर्ने।
७२ वर्षीय पूर्व प्राध्यापक पदम नारायण प्रधान परिवार सहित यस पदयात्रामा सहभागी थिए।
त्यस दिन पाँच माइलको दुरी छिचोलियो । फटाफट हिड्नेहरु दुई घण्टामा गाडि पार्किङ स्थलमा पुगे। केहीलाई तीन घण्टा भन्दा बढी समय लाग्यो।















