युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीमा थप खेलाडीको वेल्टटेस्ट
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमी ह्यारिसबर्गका थप खेलाडीको वेल्टटेस्ट गरिएको छ।
शनिवार एकेडेमीमा १४ जना खेलाडीको वेल्टटेस्ट गरिएको हो।
एकेडेमीका सञ्चालिका तथा मुख्य प्रशिक्षक विनिता पुरी राईका अनुसार ब्ल्याक बेल्ट सेकेन्ड डानमा पाँच र फस्ट डानमा एक जनाले परीक्षा दिएका छन्।
यसै गरी डिपुटी ब्ल्याक बेल्टमा आठ जनाको परीक्षा सम्पन्न भएको छ।
खेलाडीहरूको विश्व तेक्वान्दो मुख्यालय कुकिवानबाट मान्यता प्राप्त प्रशिक्षक सञ्जीव नेपाली, मास्टर डेक दर्जी र अर्पन पुरीले परीक्षा लिएका थिए।















