विश्वकप लिग-२ : कप्तान रोहितको शतक तर पनि हार्यो युएई सँग
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कप्तान रोहितकुमार पौडेलको शतकका बाबजुद नेपालले युएईसँग पराजय भोगेको छ।
बिहीबार घरेलु टोली युएईले नेपाललाई ५ विकेटले पराजित गरेको हो।
नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
युएईका लागि ओपनिङ जोडीले उत्कृष्ट ब्याटिङ गर्यो। ओपनर आलिशन सराफुले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ४५ जोड्दा नेपाल सुरूमै दबाबमा पर्यो। अर्का ओपनर आर्यन्स शर्माले ९८ रन बनाएपछि नेपालले हार टार्न सकेन। शर्माले ९८ बल खेलेर १० चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।
त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रन बनाए। रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
एक दिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए।
खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले पनि ३ रन मात्र जोड्न सके।
आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो। यस्तै आरिफ शेखले पनि २७ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरीले रन आउट हुनुअघि २३ रन जोडे। रोहितले आसिफ (३५ रन), आरिफ (७० रन) र दीपेन्द्रसँग (५४ रन) गरेको साझेदारी महत्त्वपूर्ण साबित भयो। हिट विकेट भएका सोमपालले ६ रन बनाए। अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन दिए।
बलिङमा युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।
सिरिजमा नेपालले सुरुवाती दुवै खेलमा पराजय भोगेको छ। यसअघि पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार ब्यहोरेको थियो।
अब नेपालले सिरिजमा शनिबार अमेरिका र बुधबार युएईसँग खेल्न बाँकी छ।
जारी लिग-२ मा अमेरिका आठ अस्थायी एक दिवसीय मान्यता टोलीबिच जारी लिग-२ को शीर्ष स्थानमा छ। अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ। नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ।
चौथो स्थानको ओमानले २० खेलबाट २४ अंक जोड्दा पाँचौँ स्थानको क्यानडाले २१ अंक बटुलेको छ। छैटौँ स्थानको नामिबियाको २४ खेलबाट १९ अंक छ। नेपाल १८ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ भने नेपालको जति खेल खेलको पुछारको युएईको ८ अंक मात्र छ।
















