दुर्गेश थापाले ह्यारिसबर्गमा खोलेको ‘वाइल्ड फायर’
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नेपाली सङ्गीतमा विवाद सँग सँगै चर्चामा रहेका गायक तथा पर्फमर दुर्गेश थापा अहिले अमेरिका भ्रमणमा छन्।
नेपालमा स्टेज पर्फमरमा तहल्का मच्चाउने दुर्गेशको पहिलो ‘शो’ टेक्ससको ह्युस्टनमा भएको थियो।
शुक्रबार मध्यरातमा उनले न्यु योर्कमा प्रस्तुति दिएका दिएका थिए। न्यु योर्क पछि शनिवार दुर्गेश पेन्सिल्भेनियाको ह्यारिसबर्ग आइपुगेका हुन्। ह्यारिसबर्गका शनिवार भिआइपी दर्शकका लागि ‘मिट एण्ड ग्रिड’ राखिएको थियो।
‘आज भेटघाट हुने माहौल, चिनजान हुने माहौल मात्र बनाएको हो । विषेश रमाइलो भोली साँझ हुँदै छ, सबै जना आउनु होला ।’ मिट एण्ड ग्रिडमा दुर्गेशले भनेका थिए, जे हुन्छ भोली हुन्छ आज फायर मात्र हो भोली वाइल्ड फायर हुन्छ।‘
केटीएम इभेन्टस एण्ड इन्टरटेन्टमेन्ट साग्रिला भट्टी प्यालेसले ह्यारिसबर्गमा दुर्गेशको लाइभको आयोजना गरेको हो ।
आइतबार साँझको कार्यक्रममा गायक वीरेन रसाइली ओपनर आर्टिसको रुपमा प्रस्तुति दिएका थिए।
पिजन फेदर स्टुडियोका प्रस्तोता लक्ष्मी अधिकारी, विनिता ढुङ्गाना र कृष्ण प्रधान उद्घोषक रहेको कार्यक्रममा उदाउँदा गायक शिशिर गुरुङ, स्थानीय गायक गिरिस गुरुङले प्रस्तुति दिए।
यस्तै फ्लेमिङ-गो ब्यान्डका गणेश गुरुङ, दीपक गुरुङ र लोकेश गुरुङले पनि एकल तथा संयुक्त प्रस्तुति दिएका थिए।
यस्तै कार्यक्रम आयोजक केटीएम इभेन्टस एण्ड इन्टरटेन्टमेन्टका सिइयो तथा गायक सशीत केसीले प्रस्तुति दिएका थिए।
नौ वर्षमा पहिलो पटक ह्यारिसबर्गको स्टेट चढे गायक सशीत केसी
कार्यक्रममा ब्लुमिङ्ग डान्स स्टुडियोकी सञ्चालिका तथा नृत्य प्रशिक्षक निरु सिवाकोटी आफै आफ्ना विद्यार्थीहरू सँग सामूहिक नृत्यमा उत्रिएकी थिइन्।
त्यसो त ब्लुमिङ्ग डान्स स्टुडियोका विद्यार्थीहरू सँग दुर्गेशले स्टेजमा इन्ट्री गरेका थिए। जहाँ उनले करिब ४० मिनेट प्रस्तुति दिएका थिए।
दुर्गेशले ह्यारिसबर्गमा आफूले फायर होइन वाइल्ड फायर हुने भन्दै आएका थिए। तर करिब आठ सय क्षमता रहेको हलमा एक सय जनाको हाराहारीमा दर्शक सहभागी भएका थिए।
दुर्गेशले हलमा उपस्थित दर्शकलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा आयोजक तथा गायक सशीत केसीले आफूले कार्यक्रम शान्तिपूर्वक समग्र गरेकोमा खुसी व्यक्त गरे।
‘टिकट नै खरिद गरेका केही दर्शक हलमा आउन सक्नु भएन तर जति दर्शक आउनु भयो उत्साहपूर्वक रुपमा कार्यक्रम सम्पन्न भयो त्यो राम्रो पक्ष हो।‘ केसीले भने।












