बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा बुधवार गाई पूजा
बाल्टिमोर, मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको हिन्दु बुद्ध मन्दिरमा अक्टोबर २३ तारिख बुधवार गाई पूजा तथा गोवर्धन पूजा गरिने भएको छ।
हिन्दु बुद्ध मन्दिर तथा पर्वत समाज अमेरिकाको आयोजनामा तिहारमा गाई पुजाको व्यवस्था गरिएको हो।
पछिल्ला दुई वर्ष देखि यी दुई संस्थाले गाई पुजाको व्यवस्था गर्दै आएको छ।
‘हामीले अघिल्ला वर्षहरूमा जस्तै गाईका दुई वटा बाच्छि मन्दिर परिषरमा राख्छौ, आफूलाई मिल्ने समयमा आएर भक्तजनले गौमाताको पूजा गर्न सक्नु हुने छ।’ पर्वत समाजका अध्यक्ष रविन शर्माले समाज टाइम्स सँग भने।
शर्माका अनुसार बिहान आठ बजे देखि साँझ पाँच बजे सम्म पूजाका लागि गाई मन्दिरमा उपलब्ध हुने छ।
तिहारमा गाई पूजाको विशेष महत्त्व छ, किनकि गाईलाई पवित्र र लक्ष्मीको रूप मानिन्छ। यसले धार्मिक, सामाजिक, आर्थिक र पारिवारिक लाभ प्रदान गर्छ भन्ने विश्वास छ। यस पूजाले घरमा सुख, समृद्धि, शान्ति र स्वास्थ्य ल्याउनुका साथै पितृहरूको कल्याण गराउने धार्मिक मान्यता छ।
गाईको शरीरमा सबै देवी-देवताहरूको वास हुने विश्वास गरिन्छ, जसको पूजा गरेर सबैको पूजा गरेको मानिन्छ। यस्तै
गाईलाई देवी लक्ष्मीको रूप मानिन्छ। गाईको पूजा गर्दा घरमा ऐश्वर्य, सुख र समृद्धि आउँछ भन्ने धार्मिक विश्वास छ। गाईको पूजाले पितृहरूलाई शान्ति दिन्छ र उनीहरूको कल्याण गराउँछ भन्ने मान्यता छ।
गाईको दूध, दही, घ्यू जस्ता उत्पादनहरूबाट आर्थिक लाभ प्राप्त हुन्छ, जसले परिवारलाई आर्थिक रूपमा बलियो बनाउँछ। हिन्दु धर्ममा गाईको दुध, गौत र गोबरलाई पवित्र मानिन्छ।











