तेक्वान्दो प्रशिक्षक बिनिता अमेरिकी स्थानीय सरकारका लागि चुनावी मैदानमा

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ तेक्वान्दो प्रशिक्षक बिनिता पुरी राईको दैनिकीमा अहिले अर्को चटारो थपिएको छ।
उनी अमेरिकाको पेन्सिल्भेनिया राज्यको डाउपिन काउन्टी अन्तर्गत स्वातरा टाउनसिपको आयुक्त पदका लागि चुनावी दौडमा छिन्।
चुनाव नोभेम्बर ४ तारिख हुँदै छ। त्यो चुनाव जित्न भोट माग्दै अहिले उनी घर दैलो अभियानमा छिन्।
बिनिताको यो अभियानलाई स्वातारा टाउनसिपका आयुक्त थोमस कोलनी र भुट्जीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का पूर्व अध्यक्ष विनय लुइँटेल लगायतले साथ दिएका छन्।
स्वातारा टाउनसिपमाको आयुक्त बोर्डमा पाँच मध्ये यस पटक दुई स्थानका लागि चुनाव हुन लागेको हो।

दुई पदमा लागि पाँच जनाको उम्मेदवारी छ। जसमा विनिता सहित बेन डगलस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छन्। त्यस्तै रिपब्लिकन पार्टीबाट पनि क्रिस्टीन एल. जुबेक, माइकल टकी र ज्याक हार्लाकर उम्मेदवार बनेका छन्।
पेन्सिल्भेनियको ह्यारिसबर्ग नेपाली भाषी भुटानी समुदायको बाहुल्यता रहेको क्षेत्र हो। आयुक्त कोलनीका अनुसार स्वातारा टाउनसिपमा भोट दिन योग्य नेपाली भाषीको संख्या एक हजार भन्दा बढी छ। नेपाली भाषीको व्यापारी हब डेरी स्ट्रिट पनि यही टाउनसिपमा पर्दछ।
आयुक्त कोलनीले यस क्षेत्रमा रहेका सबै नेपाली भाषी भुटानी समुदाय जो भोट दिन योग्य छन् उनीहरूलाई नाम दर्ता गर्न अपिल गरेका छन्।
उनले अघिल्लो पटक ६ भोट अन्तरले हारजित भएकाले यस पटक हरेक भोटको महत्त्व हुने बत्ताउँछन्।
‘पछिल्ला चुनावमा मात्र ६ मतले हार–जितको छिनोफानो भएको थियो। यस पटक प्रत्येक मत निर्णायक बन्न सक्छ।‘ थोमस भन्छन्।
अक्टोबर २० तारिख सम्ममा योग्यता पुगेका अमेरिकन नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्।
बिनिताको चुनावी घरदैलोमा सघाउदै आएका विनय लुइँटेल पनि थोमसको भनाइमा सहमत छन्। उनले स्वतरा टाउनसिप भन्दा बाहिर बस्ने नेपाली भाषीले पनि बिनिताको चुनावलाई सघाउने उने आग्रह गरेका छन्।
‘हाम्रो लागि यो एउटा उधारण पनि हो। भुटानी नेपाली समाज बाट अन्य ठाउँमा यो मुकाम हासिल गरी सक्नु भएको छ। उहाँ विनिता जी स्वतरा टाउनसिपमा बसे पनि हामी अन्य टाउनसिपमा बस्छौ होला उहाँलाई सहयोग गर्ने माध्यम धेरै छन्।‘ समाज टाइम्स सँग विनय लुइँटेलले भने।
स्थानीय शासन, विकास र नीतिगत निर्णयमा आयुक्तको ठूलो भूमिका हुन्छ। बिनिताले आफूले सहयोग गर्न समुदाय सँग आग्रह गरेकी छिन्।
विनिता भुट्नीज कम्युनिटी इन ह्यारिसबर्गको उपाध्यक्ष हुन्। बिनिताले प्राइमरीमा दोस्रो हुँदै आम चुनावका लागि योग्य भएकी हुन् ।
सन् २०२० को जनगणना अनुसार स्वातरा टाउनसिपको जनसंख्या करिब २७ हजार २८४ जना थियो।
यस आधारमा अनुमान गर्दा करिब १०–१५ हजार मतदाता पञ्जीकृत हुने सम्भावना छ।
प्राइमरीमा बेन डगलसले १२ सय १४ अर्थात ४८.०२ प्रतिशत पाएका थिए भने बिनिताले ११ सय ७५ अर्थात ४६.४८ प्रतिशत मत पाएकी थिएन।
विनिता पुरी राईको यात्रा
विनिता पुरी राईको जीवन यात्रा अद्वितीय छ। उनी भुटानमा जन्मिइन् तर राजनीतिक कारणले बालकैमा देश निकाला भएपछि परिवारसहित नेपालको शरणार्थी शिविरमा बस्न बाध्य भइन्। त्यही शिविरमा रहँदा उनले तेक्वान्दो सिकिन्। जुन समय उनको उमेर मात्र ६ वर्षको थियो। यो १०९६ तिरको कुरा हो।
तेक्वान्दोमा अर्को इनिङ्ग शुरु गर्दै विनिता …
सन् २०११ मा अमेरिका आए पछि उनी केही वर्ष तेक्वान्दोबाट टाढा रहिन। शुरुमा उनी सिकागोमा थिएन। त्यहाँको चिसोले उनको तेक्वान्दो यात्रालाई झन् चिसो बनायो। जसै गरी पनि उनी तेक्वान्दोबाट टाढा हुन सकिनन्। दुई सन्ताकी आमा सन् २०१९ मा पेन्सिल्भेनियाको ह्यारिसबर्ग बसाई सरे पछि उनको उडानले एक पछि अर्को गर्दै गति लिँदै गएको छ।
बिनिताको आट अमेरिकामा खोलिन तेक्वान्दो स्कुल ….
आयुक्त थोमस (टम) कोलनीको अपिल
सबैलाई नमस्कार। म स्वतारा टाउनशिप कमिश्नर टम कोनोली हुँ। म आज विनिता र बेनको लागि प्रचारमा निस्केको छु। हामी प्रचार गरिरहेका छौं र मतदान गर्न प्रयास गरिरहेका छौं। चुनावको दिन नोभेम्बर ४ हो। स्वतारा टाउनशिपमा एक हजार भन्दा बढी मतदाता उमेरका नेपाली नागरिकहरू छन्। हामीलाई तपाईंहरू सबैले मतदान गर्न आवश्यक छ ताकि तपाईंको प्रतिनिधित्व होस्। ताकि तपाईंको चासोलाई टाउनशिपमा गम्भीरतापूर्वक लिइयोस्।
विनिता एक असाधारण उम्मेदवार हुन्। उनी एक नेता हुन्। उनीसँग समुदायको प्रतिनिधित्व गर्न सबै सीप र उपकरणहरू छन्। कृपया बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्। तपाईंसँग अक्टोबर २० सम्म दर्ता गर्न सक्नुहुन्छ। यदि तपाईं मतदानको लागि दर्ता हुनुहुन्न भने, तपाईंसँग अक्टोबर २८ सम्म आफ्नो मेल मतपत्र अनुरोध गर्न सक्नुहुन्छ। हामीसँग भएको जानकारी जुन तपाईं फेसबुक र सामाजिक सञ्जालबाट बाहिर निस्कन सक्षम हुनुहुनेछ, हामी तपाईंलाई आफ्नो मेल मतपत्र कसरी प्राप्त गर्ने भनेर देखाउनेछौं। मेल मतपत्र अर्डर गर्नु महत्त्वपूर्ण छ। तपाईंले केही दिनमा यो पाउनुहुनेछ।
यदि तपाईंलाई मेल मतपत्रमा कुनै सहयोग चाहिन्छ भने, कृपया विनिता वा समुदायको त्यस्तो व्यक्तिलाई सम्पर्क गर्नुहोस् जसले तपाईंलाई मद्दत गर्न सक्छ। हो, हामीलाई हरेक भोट चाहिन्छ। अघिल्लो चुनावमा, बोर्डकी वर्तमान अध्यक्ष, शीला एलिस, उनको पछाडिको अर्को व्यक्ति भन्दा ६ बढी मत प्राप्त गरेर निर्वाचित भएकी थिइन्। यदि उनको छ भन्दा कम मत भएको भए, अरू कोही स्थानमा हुने थियो।
मैले यहाँ पहिले नै एउटा चुनाव हारेको छु जहाँ समुदायले बाहिर आएर मतदान गरेन। पछिल्लो चुनावमा मेरो २७ सय १५ मत थियो। समुदायमा एक हजार भन्दा बढी मतदाताका लागि योग्य नेपालीहरू छन् र अघिल्लो चुनाव मात्र ९० भन्दा कमले मतदान गरेका छन्।
हामीलाई हाम्रो समुदायमा हामीलाई समर्थन गर्ने उम्मेदवारलाई सबैले मतदान गर्न आवश्यक छ र विनिता उत्तम उम्मेदवार हुन्। हामीलाई तपाईंले उनलाई मतदान गर्न आवश्यक छ। हामीसँग दुई उत्कृष्ट उम्मेदवारहरू छन्। दुई खुला सिटहरू छन्। हामीसँग विनिता र बेन छन्।
बेन डगलस संयुक्त राज्य अमेरिकाको सेनाका एक अनुभवी हुन्। उनी समुदायमा सक्रिय छन्। कृपया चुनावको दिन बेन र विनितालाई मतदान गर्नुहोस्। यदि तपाईंलाई हुलाकबाट मतपत्र प्राप्त गर्न आवश्यक छ भने, हाम्रो फ्लायरमा छ। यो वेबसाइटमा हुनेछ। हामीलाई सम्पर्क गर्नुहोस्, तर हामीलाई यी दुवै उम्मेदवारहरूले स्वतारा टाउनशिपमा बोर्ड पूरा गर्न आवश्यक छ ताकि हामी तपाईं, हाम्रा बासिन्दाहरूको लागि काम गर्न सकौं।
र यो पनि …
अमेरिकामा तेक्वान्दोले फेरिएको बिनिताको जीवन भिडियो