सुनचाँदीको मूल्य उकालो लाग्दै

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल बजारमा सोमबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला तीन हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला रु तीन हजार एक सय २५ मा कारोबार भएको थियो।