पत्रकारप्रति रुष्ट भएका नेता बस्नेत भने : गुण्डुको अपव्याख्या गर्ने काम स्वीकार्य छैन्

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेमा नेता महेश बस्नेतले गुण्डुको अपभ्रंश गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ, राजीव खत्रीप्रति घृणा प्रकट गरेका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजीव खत्री जस्ता पात्रहरू गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरूप्रति खेद प्रकट गरेका हुन् ।
‘हाम्रो अध्यक्षज्यूको घर जलाइयो । केही समय नेपाली सेनाले सुरक्षा गर्ने भन्ने बहानामा उहाँलाई राखियो । त्यसपछि उहाँ कहाँ जाने भन्ने थियो । गुण्डुबासीले उहाँलाई स्वागत गर्नुभयो । गुण्डुलाई कतिपय साथीहरू अपभ्रंश गरेका छन् । जनआस्थाका किशोर श्रेष्ठ, राजीव खत्री जस्ता पत्रकारहरूले गुण्डुको फरक ढङ्गले व्याख्या गरेर यसको अपव्याख्या गरेका छन् । म ती पात्रलगायत जसले गुण्डुको अपव्याख्या गरे तिनीहरूप्रति म घृणा प्रकट गर्दछु । खेद प्रकट गर्न चाहन्छु,’ उनले भने ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भक्तपुरको विकास सम्भव भएको भन्दै गुण्डुले ओली आभार व्यक्त गर्ने बताए ।
‘उहाँ दुई पटक प्रधानमन्त्री भएको बेलामा गुण्डुका सम्पूर्ण ठुला रोडहरू निर्माण भएका हुन् । गुण्डुको मात्र होइन, ददिकोटमा पनि भएको छ । सिपाकोटमा पनि भएको छ,’ उनले भने ।