ह्यारिसबर्ग च्याम्पियन लिगको खेल तालिका सार्वजनिक
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ह्यारिसबर्ग च्याम्पियन्स लिगको खेल तालिका बुधवार सार्वजनिक गरिएको छ।
एके म्यानेजम्यान्टको आयोजना लिग सेप्टेम्बर ११ तारिख शनिवार हुँदै छ।
एक दिने लिगमा नौ टिमले भाग लिँदै छन्। सहभागी टिमलाई बुधवार ह्यारिसबर्गमा समूह विभाजन गर्दै तालिका सार्वजनिक गरिएको हो।
एलो ब्रीचेस स्पोर्ट्स सेन्टरमा हुने लिगमा समूह ए मा चार र बीमा पाँच टिम रहेका छन्।

खेल तालिका सार्वजनिक कार्यक्रममा इन्ट्रा फाउन्डेशनका कार्यकारी निर्देशक सिपी भट्टराईले लिगको सफलताको कामना गरेका थिए। उनले इन्ट्रा मोर्गेजले लिगमा टाइटल प्रायोजन गर्ने जानकारी दिए।
यस्तै प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले प्रतियोगितामा अनुशासन सहित खेलिदिन सहभागी टिमलाई आग्रह गरे।
प्रतियोगिता आयोजक संस्था एके म्यानेजम्यान्टका सिइयो आलोक कार्कीले लिगको पूर्व निर्धारित नगद पुरस्कारमा केही परिवर्तन भएको र त्यस बारेमा छिट्टै जानकारी गराइने बताए।
















