नर्थ क्यारोलाइनामा मुकाम रण मैदानबारे चर्चा

Getting your Trinity Audio player ready...
|
नर्थ क्यारोलाइना । मोहन मैनालीकृत गैर आख्यानात्मक कृति मुकाम रणमैदान को शुक्रवार साँझ यहाँ चर्चा गरिएको छ ।
ऐतिहासिक कृति मुकाम रणमैदानले २०८१ सालको मदन पुरस्कार पनि प्राप्त गरेको थियो ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको नियमित मासिक घरदैलो साहित्यिक कार्यक्रम अन्तर्गत यस पटक मुकाम रणमैदान छनोट गरिएको हो ।
सो अवसरमा लेखक मैनाली जुममार्फत काठमाडौँबाट जोडिएका थिए र जिज्ञासुहरूको प्रश्नको उत्तर दिएका थिए।
यो कृतिमा सन् १९१६ अर्थात् विसं १८७१।७२ ताका नेपाल र इष्ट इन्डिया कम्पनीबिच भएको युद्धका बारेमा देखे, भोगेका र यसबाट आहत भएका नेपाली तथा विदेशीहरूले पत्रमार्फत गरेको सम्वाद वा चिठी पत्रलाई प्रमुख आधार मानेर तयार गरिएको हो । यो कृतिमा नेपालीहरूको वीरता, साहस र बहादुरीको गाथा पनि समेटिएको छ ।
स्रष्टा मैनालीले यो कृति प्रकाशनका क्रममा आफूले धेरै दुख र हैरानी पाएको भए तापनि एउटा ऐतिहासिक कृति प्रकाशनमा ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै आफूले प्राप्त गरेको साविति वा चिठी प्रमाणका रुपमा प्रकाशन गरेर पाठकहरूको जिज्ञासालाई केही हदसम्म भए पारेको बताए। उनले अमेरिकामा पनि आफ्नो कृतिका बारेमा चर्चा भएकोमा आफूलाई हर्ष लागेको बताए ।
सो अवसरमा पुस्तकका बारेमा बोल्दै संस्थाका महासचिव एवं समीक्षक मनोज प्रधानले पुस्तकभित्रका अन्तर निहित पाटो, यसका ऐतिहासिक दस्ताबेज, खोज र अनुसन्धान राम्रोसँग उल्लेख गरिएकोले यो पुस्तक एउटा ऐतिहासिक दस्ताबेजका रुपमा रहनुपर्छ भने । पुस्तक लेख्दा लेखकले सारै कठिनाइ व्यहोर्नुभएको कुरा पनि उनले व्यक्त गरेका थिए।
त्यस अवसरमा उमा शर्माले सो कृतिमा उल्लेख भएका कतिपय प्रसङ्ग आफूले कहिल्यै पनि नपढेको र यसले नयाँ तरङ्ग ल्याएको बताइन।
त्यस अवसरमा नेपालबाट भर्खरै आउनुभएका अग्रज साहित्यकार प्रह्लाद पोखरेललाई संस्थाका सल्लाहकार ईश्वर देवकोटाले दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए।
उक्त अवसरमा यस भेगका गन्यमान्य साहित्यकार तथा साहित्याअनुरागीहरुको उपस्थिति थियो ।