बीसीएच मेला : मम चाउमिन देखि गीताका किताब अनि होन्डा गाडी सम्म, हजारौँले गरे अवलोकन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा आइतबार नेपाली भाषी समुदायमा भव्य मेला सम्पन्न भएको छ।
भुट्नीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) ले मेला आयोजना गरिएको हो। हिन्दुहरूको महान् पर्व दशै तिहार सँग सँगै अन्य धर्मावलम्बीहरूको चाडबाडलाई मध्यनजर गर्दै ह्यारिसबर्ग कम्युनिटी कलेज ह्याकमा बीसीएच मेला आयोजना गरिएको हो।
मेला अवलोकन गर्नेहरूको ताती आइतबार बार बिहानै देखि लागेको थियो। यो क्रम साँझ सम्म जारी रह्यो। मध्यान्नमा थामी नसक्नु भिड् देखिएको थियो। मेलामा तीन पुस्ता सहभागी देखिन्थे। स्टलर देखि ह्विलचियरमा मेला भर्न आउने पनि प्रशस्त थिए।
बिहान साढे नौ बजे झाँकी सहित र्याली गरिएको थियो। र्यालीमा विभिन्न जातजाति, धर्मका अगुवा तथा अन्य आ आफ्नो परम्परागत पोशाक सहित सहभागी भएका थिए।
यस्तै कलाकार, खेलाडी पनि र्यालीमा सहभागी भएका थिए। र्याली ह्याक कलेज प्राङ्गणमा परिक्रममा पछि सभामा परिणत भएको थियो।
सभामा दिनभर नेपाली मौलिक नृत्य प्रस्तुत गरिएको थियो। यस्तै तेक्वान्दोका खेलाडीहरूले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै साहित्यकारहरूले कविता तथा गजल वाचन गरेका थिए।
सभालाई सिनेटर प्याटी किम, डेलिगेट डेभिड म्याडसन सहित झन्डै आधा दर्जन स्थानीय जनप्रतिनिधिहरूले सम्बोधन गरेका थिए। उनीहरुले भुट्नीज कम्युनिटी इन ह्यारिसबर्ग बीसीएचको परिवर्तित नामको अनावरण गरेका थिए। जस अनुसार बीसीएच अब भुट्नीज कम्युनिटी इन सेन्टर पेन्सिल्भेनियामा रूपान्तरित भएको छ।
ह्याकको मुलद्वार देखिनै विभिन्न व्यवसाय तथा संघ संस्थाका स्टल राखिएको थियो। जहाँ नेपाली खाना मम, चाउमिन, सेल रोटी, चटपटे लगायतका परिकार राखिएका थिए। यस्तै, फुड ट्रकका अगाडि पनि दिनभर भिड् देखिएको थियो। यस्तै नेपाली भाषामा पनि लेखिएका हिन्दु ग्रन्थ गीता देखि होन्डाका अटो स्टल सम्म रहेका थिए।
















