पूर्वी आयोवाका दुई नेपाली संस्था एकीकृत
आयोवा/ अमेरिकाको आयोवा राज्यको पूर्वी क्षेत्रमा रहेका दुई नेपाली संस्था बीचमा एकीकरण भएको छ । इस्टन आयोवा नेपाली समाज र सानो नेपालबिच शनिवार एकता भएको हो।
दुई संस्था बीचमा एकता सँगै नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ। दशैँ विशेष सांस्कृतिक कार्यक्रमका बीच दुई संस्थाको एकता घोषणा गरिएको हो।
सानो नेपाल एक दशक देखि सक्रिय रहेको थियो। इस्टन आयोवा गत वर्ष स्थापना भएको थियो । अब संयुक्त संस्थाको नाम इस्टन आयोवा नेपाली समाज नै हुने छ।
एकीकृत संस्थाको अध्यक्षमा शंकर बराल चयन भएका छन्। संस्थाले ९ सदस्यीय कार्यसमिति तथा समुदायका लब्ध प्रतिष्ठित व्यक्तिहरू समेटिएको ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
नयाँ कार्यसमिति :
• अध्यक्ष: शंकर बराल
• उपाध्यक्ष: ध्रुव अर्याल
• सचिव: प्रतिभा शर्मा
• कोषाध्यक्ष: हरि शर्मा
• सदस्यहरू:
• रचना कक्षपति श्रेष्ठ
• राम चन्द्र अर्याल
• चन्द्रा सुनार
• श्याम उदास
• खगेन्द्र मिश्र
सल्लाहकार समिति:
डा. प्रभिन श्रेष्ठ
डा. रूप सैंजु
डा. हेम शर्मा पौडेल
डण्डा बी. कार्की
रामकृष्ण सुनार
संस्थाको पुनर्गठनको अवसरमा दशैँ विशेष सांस्कृतिक कार्यक्रमको पनि भव्य आयोजना गरिएको थियो। कार्यक्रममा साङ्गीतिक प्रस्तुति, नृत्य, नेपाली खानाका परिकारहरू, तथा समुदायबिचको सौहार्दपूर्ण भेटघाटले कार्यक्रममा विशेष रौनक थपेको थियो।
















