पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा गरियो सामूहिक दुर्गा पूजा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा शनिवार सामूहिक दुर्गा पूजा गरिएको छ।
गत सोमबार घटस्थापनाको दिन दशैँघर स्थापना गरी जमरा राखिएको ठाउँमा शनिवार सामूहिक दुर्गा पूजा गरिएको हो।
वैदिक सनातन कीर्तन समाज ल्यानक्यास्टरले फ्रुटफिल पाइकमा दशैँ घर बनाइ जमरा राखिएको हो।
शनिवारको सामूहिक पूजामा गुरु पण्डितहरू आचार्य हेम धिताल लगायतले पूजा पाठ गरेका थिए। यस्तै स्थानीयहरूको पनि पूजामा उपस्थिति रहेको थियो।

समाजले अब सेप्टेम्बर ३० तारिख मंगलवार जमरा वितरण गरिने जनाइएको छ।















