वसन्तपुरकाे हनुमान ढोकाको दसैँ घरमा राखियो जमरा

Getting your Trinity Audio player ready...
|
काठमाडौ/ नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा दसैँको पहिलो दिन सोमबार काठमाडौँको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ।
दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक