जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन

Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।
आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापन पत्र बुझाएका हुन् ।
यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए ।
तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।