पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा सामूहिक जमरा राख्ने र दुर्गा पुजाको तयारी

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा यस वर्ष पनि सामूहिक रुपमा जमरा राख्नुका साथै दुर्गा पूजा गरिने भएको छ।
वैदिक सनातन कीर्तन समाजले ल्यानक्यास्टरको फ्रुटफिल पाइकमा (1360 Fruitville Pike Lancaster PA 17601) रहेको एक भवनमा अस्थायी मन्दिर बनाइ सामूहिक जमरा राख्ने तथा दुर्गा पुजाको व्यवस्था गरेको हो।
पण्डित हेम धितालका अनुसार सोमवार बिहान घटस्थापना गरिने छ। यस्तै २७ तारिख शनिवार सामूहिक पूजा गर्ने गरी कार्यक्रम तय भएको छ।
यस्तै जमरा वितरण टिका भन्दा अघिल्लो दिन गरिने छ। पण्डित धितालले जमरा राख्ने तथा दुर्गा पूजामा सहभागी हुन सम्पूर्ण ल्यानक्यास्टरवासीलाई अनुरोध गरेका छन्।
उनका अनुसार सेप्टेम्बर २२ तारिख सोमबार बिहान नौ बजे घटस्थापना गरिने छ।