कालुसिंह स्मृति च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ कालुसिंह स्मृति फुटबल च्याम्पियनसिपको खेल तालिका सोमबार सार्वजनिक गरिएको छ।
भुटानी राष्ट्रिय टिमका सदस्य स्वर्गीय कालुसिंह तामाङको स्मृतिमा सन् २०१७ देखि च्याम्पियनसिप हुँदै आएका छन्।
यस पटकको च्याम्पियनसिप सेप्टेम्बर २० र २१ तारिख ह्यारिसबर्गको स्काइलाइन स्पोर्टस कम्पेल्समा हुँदै छ।
आयोजक समितिका अनुसार यस पटकको च्याम्पियनसिपमा आठ टिमले भाग लिँदै छन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा एफसी रिभाइभल ह्यारिसबर्ग, ह्यारिसबर्ग एफसी, युबीएससी मिनिसोटा – न्यु योर्क, मिडलाइफ किकर्स ह्यारिसबर्ग रहेका छन्।
समूह बीमा युनाइटेड भेट्रान्स एफसी मिचिगन – टेनीसी, सिन्सी राइनो सिनसिनाटी ओहायो, कोलम्बस भेट्रान्स ओहायो र पिट्सबर्ग भेट्रान्स पेन्सिल्भेनिया रहेका छन्।
प्रतियोगिताको विजेता टिमले पाँच हजार र दोस्रो हुनेले तीन हजार अमेरिकी डलर नगद, पदक र ट्रफी पाउने छन्।
रनिङ्ग ट्रफी भने लगातार तीन पटक जित्ने टिमले पाउने छन्। यो व्यवस्था गत वर्ष देखि शुरु गरिएको हो। युबीएससी मिनिसोटा – न्यु योर्क साबिकको विजेता हो।
प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ। समूहबाट दुई टिम सेमिफाइनलमा पुग्ने छन्।
लिग खेल तालिका
पहिलो दिन सेप्टेम्बर २० तारिख
१०:०० बिहान – ह्यारिसबर्ग एफसी एफसी रिभाइभल
११:०५ बिहान – पिट्सबर्ग भेट्रान्स /एस कोलम्बस भेट्रान्स
१२:१० दिउँसो – युबीएससी मिडलाइफ किकर्स
१:१५ दिउँसो – युनाइटेड भेट्रान्स /एस सिन्सी राइनो
२:२० दिउँसो – ह्यारिसबर्ग एफसी/एस युबीएससी
३:२५ दिउँसो – कोलम्बस भेट्रान्स / सिन्सी राइनो
४:४० दिउँसो – एफसी रिभाइभल्स / मिडलाइफ किकर्स
५:४५ दिउँसो – पिट्सबर्ग भेट्रान्स / युनाइटेड भेट्रान्स एफसी
दोस्रो दिन सेप्टेम्बर २१ तारिख लिग खेल तालिका
८:०० बिहान ह्यारिसबर्ग एफसी / मिडलाइफ किकर्स
९:०५ बिहान सिन्सी राइनो / पिट्सबर्ग भेट्रान्स
१०:१० बिहान एफसी रिभाइभल / युबीएससी
११:१५ बिहान कोलम्बस भेट्रान्स / युनाइटेड भेट्रान्स एफसी
सेमिफाइनल (दिउँसो १ बजेदेखि ३:२० बजेसम्म)
पहिलो स्थान पूल ए विरुद्ध दोस्रो स्थान पूल बी
पहिलो स्थान पूल बी विरुद्ध दोस्रो स्थान पूल ए
फाइनल
अपराह्न ४:३० बजे सुरु हुन्छ