पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरूप्रति श्रद्धाञ्जली तथा क्यान्डल प्रज्वलन

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा आइतबार जेन–जी आन्दोलनमा नेपालमा मृत्यु भएका युवाहरूप्रति श्रद्धाञ्जली तथा क्यान्डल प्रज्वलन गरिएको छ।

सेप्टेम्बर आठ तारिख भएको प्रदर्शनमा सरकारी दमन हुँदा एकै दिन १९ जनाको निधन भएको थियो । अहिले सम्म यो संख्या ७२ जना पुगेको जनाइएको छ।
सोही प्रदर्शन पछि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। अहिले सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छिन्।
ल्यानक्यास्टरको ल्यान्डिसभिल साँझ भएको सभामा यस क्षेत्रमा बसोबास गर्ने नेपाली भाषी समुदायको उपस्थिति रहेको थियो।

बालबालिकाहरू हातमा नेपालको राष्ट्रिय झन्डा सहित उपस्थित भएका थिए।
भुट्नीज कम्युनिटी डेभलभमेन्ट अफ ल्यानक्यास्टर पेन्सिल्भेनियाको (बीसीडी) संयोजनमा भएको कार्यक्रममा स्थानीय समीक्षा सुवेदीले नेपालमा भएको घटनाबारेमा सभालाई जानकारी गराएकी थिएन्।
बीसीडीका संयोजक खेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। राज्य सिनेटर जेम्स एन्ड्रयू मालोनले पनि सभा सहभागिता जनाएका थिए।
सहभागीहरूले नेपालको नक्सा बनाइ मैन बत्ती प्रज्वलन गर्नुका साथै मौन धारण समेत गरेका थिए।