इन्स्पायर टु एक्सपायर रनको उपाधि ज्याक्री र मकेल्यालाई
|
Getting your Trinity Audio player ready...
|
गोबिन्द गुरुङ
पेन्सिलभेनिया / ज्याक्री गिब्सनले इन्स्पायर टु रन ५ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेका छन् ।
मेकानिक्सबर्गस्थित एडभेन्चर पार्कमा शनिबार आयोजित प्रतियोगितामा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै ५ किलोमिटरको दुरी २१ मिनेट २४ दशमलव २९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।
त्यस्तै, २३ सेकेन्ड ३२ दशमलव ८२ सेकेन्डमा दौड पुरा गर्दै नेपाली भाषी सौगात अधिकारी दोस्रो भए । अधिकारीले गत महिना सम्पन्न यही प्रतियोगितामा पनि दोस्रो भएका थिए । नीरज नेपाल भने समग्रमा तेस्रो भए । उनले २३ सेकेन्ड ४७ दशमलव ३४ सेकेन्ड दौड पुरा गरेका थिए ।
महिलातर्फको दौडमा भने मकेल्या राइकल विजेता बनिन्। उनले २५ मिनेट २६ दशमलव १७ सेकेन्डमा दौड पुरा गर्दै उपाधि हात पारिन् । ३० मिनेट ३३ दशमलव २४ सेकेन्डमा दौड पुरा गर्दै भूमिका पौडेल दोस्रो तथा डुनह्याम तेस्रो भइन् । उनले उक्त दौड ३० मिनेट ४६ दशमलव ३२ सेकेन्डमा पुरा गरेकी थिइन् ।

त्यस्तै सुजन अधिकारी तथा इभान्का गुरुङ १९ वर्ष मुनिको उमेरसमुहतर्फ पहिलो भएका छन् । २० वर्षदेखि २९ वर्षसम्मको पुरुष उमेरसमुहतर्फ एन्थोनी रेइली पहिलो तथा बिमल राई र एनिट कोइर्कल क्रमश दोस्रो र तेस्रो भए । महिलातर्फको सोहि विधामा संगिता चौहन पहिलो भइन् ।
३० देखि ३९ वर्षको पुरुष उमेर समुहतर्फ महेश आचार्य तथा महिलातर्फ भागि प्रधान पहिलो भएका थिए । ४० देखि ४९ वर्षको उमेर समुहतर्फ निलहरि भण्डारी पहिलो भए ।
५० देखि ५९ वर्षको पुरुष उमेरसमुहतर्फ भरत श्रेष्ठ र महिलातर्फ डुनह्याम पहिलो भएका थिए । त्यस्तै ६० देखि ६९ उमेरसमुहतर्फ सिन्डी भार्नेर पहिलो भइन् । इन्स्पायर टु एक्सपायरको आयोजनामा भएको उक्त प्रतियोगिता ७० भन्दा बढि धावकहरुको सहभागिता रहेको थियो ।

र यो पनि …












