आज सुन र चाँदी दुवैको मूल्य बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
शुक्रबार सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको भने अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको हो ।














