रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरूले कारागार मुक्त गराएका छन् ।
जेनजी प्रदर्शनकारीहरूले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।
प्रदर्शनकारीहरूले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाब दिएका थिए ।
त्यस लगत्तै रविलाई थुनामुक्त गरिएको हो ।















