अल्लारेको आगो र वृद्धको दाउ

Getting your Trinity Audio player ready...
|
सुरेश सुवेदी
काठमाडौँका सडकहरूमा जेन-जी (पुस्ता) को नाममा जे भइरहेको छ, त्यो ठीक भइरहेको छैन। यो युवा समूह, जो अझै घर-परिवार, सम्पत्ति र पेसा-व्यवसायको गम्भीरतामा पुगिसकेको छैन, अहिले नेपाली राजनीति र समाजमा चर्चाको विषय बनेको छ।
१५ जनाभन्दा बढीको ज्यान गएको खबर छ, २०० भन्दा बढी घाइते छन्। अस्पतालमा भर्ना भएका घाइतेका परिवार चिन्तित छन्। राष्ट्रले आफ्ना होनहार युवाहरू र उज्यालो सम्भावना गुमाएको छ। हामीले ‘म’ होइन ‘हाम्रो’ भन्ने भावना भएका युवा मनहरू गुमाएका छौँ।
सडक आन्दोलनको रहस्य
जब जेन-जी पुस्ता सडकमा आयो र यो उथलपुथल मच्चियो, धेरैलाई लाग्यो कि यो कुनै बाह्य शक्तिको घुसपैठ वा नियोजित चाल हो। ‘पर्दापछाडि को छ? कसले यो सब चलाइरहेको छ?’ भन्ने प्रश्नहरू उठे।
तर, यसलाई केवल एक षड्यन्त्रको रूपमा हेर्नु एउटा बहाना मात्र हो। लामो समयदेखि नेपाली राजनीतिमा लोकतन्त्र, जनताको शासन, पारदर्शिता र सूचनाको हकको आशा जगाइएको थियो। तर व्यवहारमा शासन व्यवस्था यति कमजोर र स्वार्थीहरूको हातमा पुग्यो कि त्यहाँ पुगेकाहरूले आफ्ना सबै आदर्श र प्रतिबद्धता बिर्सिदिए।
राज्यका सम्पूर्ण स्रोत-साधन र शक्तिले पनि उनीहरूलाई सुरक्षा दिन सकेन, वा भनौँ, सत्ता सम्हाल्नेहरूले आफ्नै सुरक्षा पनि गर्न नसक्ने भए।
सत्ताको दाउपेच
संसद भवनमा बैठक चलिरहेको बेला, सिंहदरबार भित्रका कर्मचारीहरू पनि भाग्ने दाउमा थिए रे। उनीहरू चौतर्फी घेराबन्दीमा परेको महसुस गरेर भाग्न सकेनन्। कतिपय मन्त्री र सचिवहरू त मिटिङको बहानामा बाहिरै रहे, ताकि उनीहरू सुरक्षित महसूस गरून्। उनीहरूले अब सिंहदरबारमा पनि आफूलाई सुरक्षित महसूस गर्न सकेका छैनन्।
यसको कारण खोज्ने हो भने धेरै देख्न सकिन्छ, तर मुख्य र छोटो कारण एउटै हो: जनताले बुझेको र नेताहरूले सुनेको तर विश्वास नगरेको कुरा। त्यो हो, नेताहरू जनमुखी भएनन्, उनीहरू व्यक्ति-केन्द्रित भए।
अब कसको के दाउ छ? प्रचण्ड सधैँ एउटा खुट्टा उचालेर सत्तामा जान लालायित भइरहन्छन्। सत्ताको स्वाद पाएपछि उनीमा त्यो लालसा झन् बढेको देखिन्छ।
अर्का पात्र छन् शेरबहादुर देउवा, जसले सम्झौता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाए। ओली पनि सजिलै सत्ता छोड्दैनन्। यी दुई खेलाडी सत्ता प्राप्त गर्न कुनै पनि घटनालाई प्रयोग गर्न सक्ने क्षमता राख्छन्।
अर्को महत्वपूर्ण शक्ति हो, राष्ट्रिय स्वतन्त्र पार्टी। यस व्यवस्था र सत्ताधारीहरू प्रति असन्तुष्ट यो पार्टीका सभापति रवि लामिछानेले यो आन्दोलनलाई शुभकामना दिएका छन्।
यसपछिको अर्को शक्ति राजावादी हो। उनीहरूले पनि सडकबाट यस्तो प्रदर्शन गरिसकेका छन् र यसबाट धेरै कुरा सिकेका छन्। सधै एउटै आवरणमा हुदैन भनेर ।
जेन जीको मनोबिज्ञान
जेन जी पुस्ताका बारे एआई डीप सिक लेख्छ, १९९० पछि जन्मेको युवा जमात, जसलाई सामान्यतया मिलेनियल्स (Millennials) र जेन जी (Gen Z) भनेर चिनिन्छ, उनीहरूको मनोविज्ञान अघिल्लो पुस्ताभन्दा धेरै फरक छ। यसमा मुख्य भूमिका प्रविधि, सामाजिक सञ्जाल र भूमण्डलीकरणले खेलेको छ।
डिजिटल युगको प्रभाव
यी युवाहरूले आफ्नो जीवनको अधिकांश समय इन्टरनेट र सामाजिक सञ्जालमा बिताएका छन्। यसको कारणले उनीहरूमा केही विशेष मनोवैज्ञानिक प्रवृत्तिहरू देखिएका छन्:
तत्काल सन्तुष्टि खोज्ने प्रवृत्ति (Instant Gratification): स्मार्टफोन र इन्टरनेटको कारण उनीहरू हरेक कुराको नतिजा तत्काल चाहन्छन्। खाना अर्डर गर्नेदेखि मनोरञ्जनसम्म सबै कुरा एक क्लिकमा उपलब्ध छ। यसले गर्दा धैर्यताको कमी भएको पाइन्छ।
निरन्तर तुलनाको अवस्था (Constant Comparison): सामाजिक सञ्जालमा अरूको जीवन देखेर उनीहरू आफ्नो जीवनसँग तुलना गरिरहन्छन्। यसले गर्दा उनीहरूमा चिन्ता (Anxiety), तनाव (Stress) र आत्मसम्मानको कमी (Low Self-Esteem) जस्ता समस्याहरू बढी देखिएका छन्।
सामाजिक र व्यक्तिगत मूल्यहरू
यस पुस्ताका युवाहरूले पैसा र परम्परागत सफलताभन्दा अरू कुरालाई पनि महत्त्व दिन्छन्:
व्यक्तिको पहिचान र स्वायत्तता: उनीहरू आफ्नो व्यक्तिगत पहिचान र स्वतन्त्रतालाई धेरै महत्त्व दिन्छन्। समाजले तोकेको बाटोभन्दा फरक भएर आफ्नो रुचि अनुसारको काम गर्न रुचाउँछन्।
मानसिक स्वास्थ्यको महत्त्व: यो पुस्ताले मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्छ र यसलाई शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण मान्छ। उनीहरू थेरापी र काउन्सिलिङका लागि पनि हिचकिचाउँदैनन्।
विविधता र सामाजिक न्याय: मिलेनियल्स र जेन जी पुस्ता विविधता (Diversity), समावेशिता (Inclusivity) र सामाजिक न्याय (Social Justice) जस्ता मुद्दाहरूमा धेरै संवेदनशील हुन्छन्। उनीहरू गलत देखेको कुरामा आवाज उठाउन डराउँदैनन्।
करियर र कामप्रतिको दृष्टिकोण
परम्परागत रूपमा एउटै काममा जीवन बिताउने सोचभन्दा फरक, यो पुस्ता कामबाट केही विशेष अपेक्षा राख्छ।