विश्व च्याम्पियनसिपमा मुकेश
काठमाडौं / जापानको टोकियोमा हुने २० औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेप्टेम्बर १३ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा मुकेशले १ हजार ५ सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
उक्त स्पर्धामा मुकेशकै नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । विष्ट पनि अफिसियलका रुपमा जापान जाने छन् ।
त्यस्तै सेप्टेम्बर १० देखि १३ तारिखसम्म जापानमै हुने विश्व कांग्रेसमा एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुने छन् । ३ सदस्यीय टोली मंगलबार जापान प्रस्थान गर्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।














