अपडेट : जेन–जी प्रदर्शन, मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रदर्शनकारीको मृत्यु भएको स्वास्थ्य मन्त्री प्रेस संयोजक पवन पौडेलले जानकारी दिए ।
उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् ।
उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।
सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।








