अमेरिकामा स्रोह श्राद्ध र यसको विशेषता

Getting your Trinity Audio player ready...
|
पण्डित कमलनाथ सापकोटा
बाल्टिमोर, मेरिल्याण्ड / श्राद्ध भनेको श्रद्धाले गरिने पिण्डदायी कर्म हो । पितृलाई श्राद्ध गरी दिइने पिण्ड तर्पण आदि कार्यलाई श्राद्ध भनिन्छ। विभिन्न पुराणहरूमा श्राद्ध धेरै प्रकारका उल्लेख गरिएको पाइन्छ।
जसमध्ये स्रोह श्राद्धको नामले चिनिने पार्वत (महालय) श्राद्ध एक महत्त्वपूर्ण हो। पर्वहरूको पूर्व सन्ध्यामा गरिने हुनाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। यसलाई महालय श्राद्ध पनि भनिन्छ।
संस्कृतिमा महालय भन्नाले ठूलो घर तथा विशाल शब्द हुन्छ। आश्विन महिनाको कृष्ण पक्ष अनि संस्कृतमा उल्लेख गरिएको छ।
चन्द्रमा चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृ पक्ष तथा सामान्य बोलीचालीका भाषामा स्रोह श्राद्ध भनिन्छ एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुल्क पूर्णिमा देखि आश्विन औँसी जमेर औँसी सम्मका १६ वटा तिथिमा गरिने श्राद्ध भएको हुनाले यसलाई स्रोह श्राद्ध भनिन्छ।
कसै कसैले आश्विन कृष्ण पक्षको प्रतिभा देखि आश्विन शुक्ल पक्षको प्रतिभा माता मह श्राद्ध सम्म का १६ दिनलाई लिने गर्छन्।
कन्या राशिमा सूर्य सरेका पक्षमा पितृका लागि श्राद्धपूर्वक तर्पण सिधा श्राद्ध कर्ण गर्नु नगरेमा पितृ रिसाएर अनिष्ट गर्छन् भन्ने शास्त्रीय मान्यता रही आएको छ हाम्रो समाजमा ।
एकोतिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ। यसै गरी वर्षकोको एक पटक पार्वण श्राद्ध गरिन्छ।
आफ्ना पितृहरूको जुन तिथि हो। त्यही तिथिमा श्राद्ध गर्न पर्दछ। एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएको तिथि श्राद्धलाई एक पार्वण भनिन्छ। स्रोह श्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन। यो सबै मृतपृतहरुको साझा श्राद्ध हो। यो पितृहरूको महान् पर्व हो।
सम्पूर्ण चराचर जगतमा जहाँ पनि आफ्ना जहाँ पनि आफ्ना मित्रहरू रहेका हुन्छन् तिनलाई रसद पानी पुर्याउने तिथि नै श्राद्ध हो। यस प्रतिकार्य गरी दिएको प्रतिकार्य दिएको पिण्ड तर्पण उनीहरूको भोजनमा प्रेरित भई पितृहरूले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ।
अझै यस अवसरमा विभिन्न ठाउँमा भौँतारिएका पितृहरूलाई आफ्नो ठाउँमा ल्याई पिण्ड पानी ग्रहण गर भनी यमराजले छुट्टी समेत दिन्छन् भन्ने शास्त्रीय मान्यता छ।
यस सालको अमेरिकामा स्रोह श्राद्ध सेप्टेम्बर ८ तारिख सोमबार देखिन् पहिलो श्राद्ध प्रारम्भ भई सेप्टेम्बर २१ तारिख आइतबारका दिन पितृ विसर्जन औँसी रहेको छ ।
माता महि श्राद्ध सेप्टेम्बर २२ सोमबार रहेको छ । पितृ प्रसादले सब कार्य पूर्ण हुने तथा पितृ रिसाएमा भएको पनि सबैलाई नाश हुने हुनाले देवता भन्दा पनि ठुला पितृ हुन् सबैले सम्मान गरौँ।