ह्यारिसबर्गमा नेपाली भाषी भुटानी समुदायमा पहिलो सामूहिक बाइक राइड सम्पन्न
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नेपाली भाषी भुटानी समुदायमा पहिलो सामूहिक बाइक राइड सम्पन्न भएको छ।
यस क्षेत्रमा रहेका नेपाली भाषी भुटानी युवाहरूले शनिवार झन्डै दुई घण्टाको सामूहिक राइड सम्पन्न गरेका हुन्।
राइडर्स मध्येका एक कृष्ण प्रधानका अनुसार शनिवारको साइडमा १२ जना सहभागी भएका थिए। ‘हामी सँग ३० जना जति सदस्य छन् तर आज पहिलो पटक भएर पनि होला १२ जनाले भाग लिए।’ प्रधानले भने।
‘जब मैले मोटरसाइकल किने अनि मैले धेरै हाम्रो नेपाली भाषीहरूले पनि राइड गरेको देखे, मेरो दिमागमा के आयो भने किन हामी एक ठाउँमा नहुने।‘ प्रधानले ह्यारिसबर्ग नेपाली भाषी युवाहरूको जमघटबारेमा बताए।
उनले हिउँद अगाडि अझै अर्को एउटा सामूहिक राइड आयोजना गर्ने बताए।
‘ज जसको मोटरसाइकल छ तपाईँहरू हामीसँग जोडिन सक्नुहुन्छ।‘ प्रधानले भने, ‘हाम्रो भुटनीज अमेरिकन राइडर्स एट ह्यारिसबर्ग भन्ने फेसबुकमा पेज पनि छ। टिकटकमा पेज पनि छ। त्यसमा पनि तपाईँहरूले फलो गर्न सक्नुहुन्छ र ग्रुपमा जोइन गर्न सक्नुहुन्छ।‘
प्रधानले आफूहरूमा मनोरञ्जन गर्न नयाँ साथीबिचमा परिचय गराउन यस्ता राइडले सहज हुने बताए।
‘विकेन्डमा समय निकालेर हामी आफूले आफूलाई फ्रेस आउट गर्नको लागि बाहिर निक्लिन्छौँ यसरी हाम्रो साथीहरूसँग।‘ प्रधानले ठट्टाको शैलीमा भने, ‘हाम्रो छोरा मान्छेको मन बुझ्ने चाहिँ मोटरसाइकल मात्रै छ।‘
प्रधानका अनुसार स्वास्किहाना हार्लिडेभिटसन ह्यारिबर्गबाट शुरु भएको साइड, हेलीफ्याक्स, टावरसिटी, एलिजावेथभील, मिलर्समिल, हेलीफ्याक्स हुँदै डेरिस्ट्रिटको केटीएम बाइटमा पुगेर राइड टुङ्गिएको थियो।
‘हामीले लगभग तीन घण्टामा दुई सय माइलको यात्रा तय गर्यो।‘ उनले भने।
















