एभरेष्ट महिला भलिबल लिगमा काठमाडौँको पहिलो जित
पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको हो ।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पिएको थियो ।
तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौँले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौँले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो ।
काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभराजबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म चल्नेछ ।














