कसरी उठाइँदै छ, एमाले विधान अधिवेशनमा प्रवासी नेपालीका मुद्दा

Getting your Trinity Audio player ready...
|
काठमाडौं/ सत्तारुढ नेकपा एमालेको विधान अधिवेशन अहिले काठमाडौँमा जारी छ। अधिवेशनमा प्रवासबाट ३२ जना प्रतिनिधिले भाग लिएका छ ।
प्रवासबाट काठमाडौं आएका मध्येमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पूर्व अध्यक्ष तथा वर्तमान कमिटीका सल्लाहकार युके निवासी भक्त गुरुङलाई टोली नेता बनाइएको जनाइएको छ।
अधिवेशनमा सहभागी एक सदस्यका अनुसार शनिवार प्रवासीका मुद्दाहरू बारे टोली नेता गुरुङद्वारा प्रस्तुत भएका विषयमा छलफल भएको छ। अब आइतबार टोली नेता गुरुङले ती प्रस्तावहरूलाई अधिवेशन हलमा पेश गर्ने जनाइको छ।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीकोको तर्फवाट नेकपा (एमालेको) दोस्रो विधान माहाधिवेशनमा प्रस्तुत भएका विषयहरु ।
१. अन्तर्राष्ट्रिय कमिटीको स्थिति
• हाल अन्तर्राष्ट्रिय कमिटी अन्तर्गत ३८ वटा राज्य कमिटी सक्रिय रहेका छन्।
• गत अगस्ट २४ तारिखमा स्लोभाकियामा नयाँ अधिवेशन आयोजक कमिटी गठन गरिएको छ।
• निकट भविष्यमा इटाली र ग्रिसमा पनि कमिटी गठनको तयारी भइरहेको छ।
• अन्य राज्य कमिटीहरूको प्रगति :
• अस्ट्रेलिया र जापानमा यही सेप्टेम्बर महिनामा अधिवेशन सम्पन्न हुने छ, जसपश्चात अर्को अधिवेशनको तयारी हुनेछ।
• युरोपका साना देशहरूमा (ओएनएफको सदस्य आधारमा) फ्रान्स, रोमानिया, स्विडेन, साइप्रस बाहेक अन्य सबै राष्ट्रिय कमिटीहरूले नियमित अधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
२. प्रवासी नेपालीको नागरिकता तथा सामाजिक अधिकार
• पार्टी अध्यक्ष कमरेडको भनाइअनुसार, नेपालभित्र नेपाली नागरिकता सक्रिय रहने र विदेशमा सम्बन्धित देशको नागरिकता अनुसार हुने व्यवस्था छिटो टुंगोमा पुर्याउन आवश्यक छ।
• प्रमुख चुनौतीहरू :
• युरोप, अमेरिका, ओसेनिया लगायतका मुलुकमा रहेका नेपालीहरूलाई नागरिकता सम्बन्धी समस्या।
• मध्यपूर्व लगायतका मुलुकहरूमा श्रम स्वीकृति, करारअनुसार ज्याला नपाउने समस्या र सामाजिक सुरक्षामा असमानता।
• आवश्यक कदमहरू :
• नागरिकता र श्रम/सामाजिक सुरक्षासम्बन्धी कानुन तथा नीतिहरू यथाशीघ्र सुधार गर्ने।
• सामाजिक सुरक्षा र श्रमिक अधिकारको प्रचार-प्रसार तथा कार्यान्वयनको दायरा बढाउने।
३. श्रमिक उद्धार र आर्थिक कोष
• प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीद्वारा श्रमिक उद्धारका लागि श्रमिक राहत कोष गठन।
• हालको स्थिर कोष : नेपाली रूपैयाँ १ करोड।
• आगामी योजना :
• कोषलाई क्रमशः वृद्धि गर्दै लैजाने।
• उद्धार, सहायता र सामाजिक सुरक्षामा प्रभावकारी रूपमा प्रयोग गर्ने।
४. संगठनात्मक नेतृत्व र जिम्मेवारी
• प्रवासी नेपाली मञ्चको नेतृत्व र विस्तारलाई सुदृढ बनाउन, कुनै अन्य जिम्मेवारी नभएका (सकेसम्म प्रवासमा रहेका) कमरेडलाई ईन्चार्जको जिम्मेवारी दिने व्यवस्था उपयुक्त हुनेछ।
• पार्टीका अभियानहरू (जस्तै : मिशन ग्रासरुट) मा उपलब्ध साधन, स्रोत र जनशक्तिको आधारमा सक्रिय सहभागिता जनाउने।
५. आगामी लक्ष्य
• पार्टी सदस्य वृद्धि : आगामी २०८४ सम्म १० हजार नयाँ पार्टी सदस्य पुर्याउने।
• निर्वाचन लक्ष्य : आगामी २०८४ को निर्वाचनमा प्रवासबाट कम्तिमा २ लाख मत सुनिश्चित गर्ने।
६. निष्कर्ष
• अन्तर्राष्ट्रिय कमिटी तथा प्रवासी नेपाली मञ्चले संगठनात्मक रूपमा महत्वपूर्ण प्रगति गरेको छ।
• पार्टीका अभियानहरूमा प्रवासी नेपाली मञ्चको भूमिका सकारात्मक र योगदानमूलक देखिन्छ।
• आगामी चुनौतीहरू :
• नागरिकता तथा श्रम अधिकारमा सुधार।
• सामाजिक सुरक्षा र श्रमिक संरक्षण।
• राष्ट्रिय कमिटीहरूको विस्तार र अधिवेशनको निरन्तरता।
७. थप सुझाव
१. गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको समस्या यथाशीघ्र समाधान गर्नुपर्ने।
२. प्रवास संगठनलाई पार्टी विधानमा औपचारिक व्यवस्था गर्नुपर्ने।
३. प्रत्येक संगठन भएको देशबाट कम्तिमा २ जना प्रतिनिधि, जसमा अनिवार्य रूपमा १ जना महिला रहने व्यवस्था मिलाउनुपर्ने।
४. प्रवासबाट मतदानको व्यवस्था सुनिश्चित गर्दै, अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्न सक्ने प्रावधान मिलाउनुपर्ने।