पूर्व राष्ट्रपति–उपराष्ट्रपतिमा राजनीतिक सक्रियता रोक्ने संवैधानिक प्रावधान छैन : देउवा

Getting your Trinity Audio player ready...
|
विराटनगर । पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन पाउने कि नपाउने भन्ने विषयमा चर्किएको बहसबारे नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले यसमा कुनै प्रतिबन्ध नलगाएको स्पष्ट पारेका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे । उनले भने, ‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन । त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो ।’
संविधान संशोधनबारे उठेका प्रश्नमा देउवाले भने, ‘दुई तिहाइ बहुमत बिना संशोधन सम्भव छैन । त्यसका लागि दलहरूसँग छलफल भइरहेको छ, तर तत्काल कुनै निष्कर्ष निक्लिएको छैन ।’
उनले सरकार परिवर्तन र फेरबदलको समेत कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।