ह्यारिसबर्ग च्याम्पियन लिग फुटबल अक्टोबर ११ तारिख हुने
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ह्यारिसबर्ग च्याम्पियन लिग फुटबल अक्टोबर ११ तारिख हुने भएको छ। एके इभेन्टको आयोजनामा हुने च्याम्पियनसिपका लागि पेन्सिल्भेनिया एफसीको सहयोग हुने जनाइएको छ।
एके इभेन्टसका सिइयो आलोक कार्कीका अनुसार युथ र भेट्रान्स गरी दुई समूहमा लिग सञ्चालन हुने छ। शनी कोर्ट न्यू कम्बरल्याण्ड एक दिने च्याम्पियनसिप सेभेन ए साइडमा हुने छ।
‘च्याम्पियनसिपमा अमेरिकाभरिका विभिन्न राज्यबाट सहभागी हुने हामीले अपेक्षा गरेका छौ।’ एके इभेन्सका सिइयो कार्कीले समाज टाइम्स सँग भने, ‘दशै तिहारको माहौलमा राम्रो जमघट हुने छ भन्ने लागेको छ।’
कार्कीले क्यालिफोर्निया, टेक्सस, न्यु योर्क, भर्जिनिया,मेरिल्याण्ड लगायत राज्य बाट टिम पेन्सिल्भेनिया आउने जानकारी दिए।
च्याम्पियनसिपमा युथ तर्फको विजेताले आठ हजार पाँच सय र उप विजेताले पाँच हजार पाँच सय अमेरिकी डलर नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
युथ तर्फ एक टिमको दर्ता शुल्क १२ सय डलर तोकिएको छ। युथ टिममा हरेक टिममा १२ जना खेलाडी रहने छन्। खेलाडीको उमेर १८ वर्ष माथिको हुनु पर्ने छ।
यस्तै भेट्रान्स टिममा ३० वर्ष माथिका खेलाडी रहने छन्। भेट्रान्स टिममा एक टिम १२ खेलाडी रहने छन् भने दुई जना सम्म राज्य बाहिरका खेलाडी सहभागी हुन पाउने छन्।
भेट्रान्स टिमको विजेताले ६ हजार र उप विजेताले ३५ सय डलर नगद पुरस्कार, ट्रफी , मेडल र प्रमाण पत्र पाउने छन्।
भेट्रान्स तर्फ दर्ता शुल्क एक हजार डलर राखिएको जनाइएको छ। टिम दर्ता सेप्टेम्बर २० तारिख र टाइसिट ड्र अक्टोबर पहिलो साता हुने छ।












