ह्यारिसबर्ग ओपनमा हिङमाङ तेक्वान्दो टिम च्याम्पियन

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पहिलो ह्यारिसबर्ग ओपन च्याम्पियनमा हिङमाङ तेक्वान्दो एकेडेमी टिम च्याम्पियन भएको छ।
युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीको आयोजनामा च्याम्पियनसिप शनिवार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा भएको थियो।
च्याम्पियनसिपमा अमेरिकाका विभिन्न राज्यबाट दुई सय ५० भन्दा बढी खेलाडीले भाग लिएका थिए।
च्याम्पियनसिप आयोजक युनाइटेड एभरेष्टकी सञ्चालिका तथा मुख्य प्रशिक्षक विनिता पुरी राईका अनुसार आउट स्ट्याङ्गडिन टिम च्याम्पियन एभरेष्ट वर्ड क्लास तेक्वान्दो ल्यानक्यास्टर बनेको छ।

च्याम्पियनसिपको उद्घाटन समारोहमा मास्टर कुमार कार्की र उनीकी धर्मपत्नी कल्पना कार्कीलाई सम्मान गरिएको थियो।
‘हाम्रो समुदायलाई अटल सहयोग गरेकोमा उहाँहरूलाई सम्मान गरिएको हो।‘ प्रशिक्षक विनीताले भनिन्।
सोही समारोहमा भ्वाइस अफ नेपाल किड्स सिजन तीन की विजेता आनुया तामाङलाई समेत सम्मान गरिएको थियो।
प्रमुख अतिथि ग्राण्ड मास्टर एच केलीले उद्घाटन समारोहमा च्याम्पियनसिपको सफलताको शुभ कामना दिएका थिए। यस्तै पेन्सिल्भेनिया राज्य सभाका प्रतिनिधि (डेलिगेट) डेभ म्याड्सन, स्वातारा टाउनशिपका आयुक्त, टम कोनोली, भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले च्याम्पियनसिपको सफलताको शुभ कामना दिएका थिए।
यस्तै समाजसेवी डा. खेम अधिकारी, विश्व क्षेत्री, ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) का प्रमुख प्रशिक्षक रन राई, एशियन रेफ्युजी युनाइटेट (एआरयु) का सह कार्यकारी निर्देशक रविन गुरुङले पनि च्याम्पियनसिपको सफलताको शुभ कामना दिएका थिए।