जनसम्पर्क समिति अमेरिका: आनन्द विष्टको अर्को बदमासी

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विगत एघार वर्ष देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहेका आनन्द (गोरख) विष्टले फेरि अर्को बदमासी गरेका छन्।
विधानतः उनले तीन वर्षमा संस्थाको अधिवेशन गर्ने पर्ने थियो। तर अनेकन बहानामा कार्यकाल लम्बाउँदै लगेका विष्टले यस पटक पनि पार्टीको निर्देशन लत्त्याउन आलटाल गरेको भेटिएको छ।
विष्ट सन् २०१४ मा टेक्ससमा भएको अधिवेशनबाट तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। उनले सन् २०१७ मा नै अर्को अधिवेशन गर्नु पर्ने थियो। तर निर्वाचित भएको एक वर्ष भित्र भूकम्प पीडितका लागि सङ्कलित सहयोग रकम हिनामिनाको विवादमा फसेका विष्टले संस्था र संगठन भन्दा आफ्नो अनुकूलता हेर्दै अधिवेशन टार्दै आएको आरोप खेप्दै आएका छन्।
यस पटक पनि पार्टीले उनलाई जसरी पनि अधिवेशन गराउन भन्दै पत्र नै पठाएको पाइएको छ। जुलाई ३१ (साउन १४ गते) नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण राज शर्मा पौडेलले पठाएको पत्रलाई कार्यान्वयनमा नै नलगी लत्त्याएको भेटिएको छ।
हेर्नुहोस् विभागले पठाएको पत्र
जुलाई २१ तारिख प्रेसित पत्रमा अगस्ट १७ भित्रमा बैठक बसी सदस्यता वितरण, नवीकरण र अधिवेशनको कार्य तालिका तय गरी केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ। साथै पार्टीको सो पत्रमा समयावधि समाप्त भएका नेपाली जनसम्पर्क समितिहरूको हकमा सन् २०२६ को जनवरी भित्रमा अधिवेशन सम्पन गर्न भनिएको छ।
तर यस अगाडि पार्टीले गर्दा अधिवेशन समयमै आयोजना गर्न नसकिएको भन्दै आएका विष्टले आफ्नो नियति पुन छर्लङ्ग बनाएको आरोप लागेको छ। विभागले अगस्त १७ तारिख भित्र सदस्यता वितरण गरी स्वीकृतिका लागि केन्द्रीय कार्यालय पठाउने मितिलाई लत्त्याउँदै १९ तारिखमा मात्र उनले कार्यसमितिको बैठक बोलाएका छन्।
उनले बोलाएको बैठक पनि गणपूरक नभएको बताइएको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाको कार्यसमिति ३५ सदस्यीय छ। तर मंगलवारको बैठकमा ११ जना मात्र उपस्थिति थिए।
यस्तै च्याप्टरहरू बाट पनि मात्र नौ जना मात्र सहभागी रहेको जनाएको छ। जवकी अमेरिकामा नेपाली जनसम्पर्क समितिको २७ च्याप्टर छन् ।
हेर्नुहोस् बैठकको उपस्थिति र निर्णय
बैठकमा सहभागी एक सदस्यका अनुसार विष्टले आफ्नो पुरानो सुगा रटाइ नै दोहोर्याएका थिए। ‘अधिवेशनका लागि ठ्याक्कै यही गर्ने भन्ने कार्य तालिका अनुसारको निर्णय केही भएन तर उहाँले म अधिवेशनका लागि आतुर छु भन्ने पुरानै कुरा दोहोर्याउनु भयो।’ बैठकमा सहभागी तर नाम उल्लेख गर्न नचाहने ती सदस्यले समाज टाइम्स सँग भने।
‘उहाँले आफू लामो समय पदमा बस्दा उपलब्धि भन्दा धेरै क्षति नै भएको छ भन्नु भयो, खासै गम्भीर रुपमा छलफल भएन।‘ ती सदस्यले भने, ‘हिजो त्यही सरसरती त्यो पार्टीको पत्रको बारेमा जानकारी गराउने बाहेक अरू खासै त्यस्तो उल्लेखेको केही भएको छैन।‘
पार्टीको पत्र अनुसार किन काम भएन, अगस्त १७ को डेट लाइन किन कटाइको भन्ने बारेमा बैठकमा सहभागी कसैले पनि प्रश्न नउठाएको ती सदस्यले बताए।
‘पत्र आँको धेरै भयो यो एनआरएनएको निर्वाचनले सबैको ध्यान त्यतै गयो भन्ने कुरा मात्र भयो।‘ तीन सदस्यले भने, ‘रमाइलो पक्ष जनसम्पर्क समितिले ध्यान पुर्याएको भनिएको एनआरएनए अमेरिकाको निर्वाचनमा पछिल्लो दश वर्षमा पहिलो पटक कांग्रेस समर्थितले नेतृत्व गुमाएको छ।‘
सन् २०१४ यता गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा अध्यक्ष र महासचिव जनसम्पर्क समिति समर्थित भन्दा अन्यले जितेका छन्।
ती सदस्यका अनुसार बैठकमा पार्टीको पत्रमा उल्लेख अगस्त १७ को डेट लाइनलाई आफूले संशोधन गराउने विष्टले बताएका थिए।
‘यो ठूलो कुरा होइन, विभागीय प्रमुख र महामन्त्रीलाई भनेर म संशोधन गराउँछु।’ विष्टको भनाई उद्धृत गर्दै ती सदस्यले समाज टाइम्सलाई भने।
‘त्यो मिटिङमा खासै कुनैले त्यस्तो सिरियस गफ केही भएन, पत्र पढेर सुनाइयो, सभापतिले अब म चाँडो बाहिर निक्लन चाहन्छु, म यही पदमा बस्दा धेरै घाटा भएको छ, मैले पहिला पनि समयमा नै निर्वाचन गराउन खोजेको हो, केही साथीहरूले गर्दा पार्टीले रोक्यो, अब चाडै नै हस्तान्तरण गर्ने इच्छा छ भन्नु भयो, तर त्यो कहिले र कसरी गर्ने भन्नेमा केही भन्नु भएन।‘ तीन सदस्यले भने।
विष्टले आफूलाई काम गर्ने क्रममा धेरै अप्ठेरा भएको, नेपाल देखि अमेरिकामा सम्म मुद्दा मामिला खेप्नु परेको दुखेसो गरेका थिए।
अध्यक्ष विष्ट र महामन्त्री मुनेन्द्र नेम्वाङ सन् २०१५ नेपालमा गएको भूकम्प पीडितका लागि अमेरिकामा सङ्कलन गरिएको सहयोग रकमको विषयलाई लिएर विवादमा छन्।
उनीहरुले संकलित रकम हिनामिना गरेको आरोपमा त्यो समय एकले अर्कोलाई कारबाही गरेका थिए।
हेर्नुहोस भुकम्प पिडितको लागि उठाइएको रकम कसरी हिनामिना भएको थियो।
यसै बिच विभाग प्रमुख पौडेलले जनसम्पर्क समिति अमेरिकाको निर्वाचन प्रक्रिया अगाडि बढेको प्रतिक्रिया दिए।
‘अमेरिकामा अधिवेशन हुन्छ, तपाईकोहरुको सहयोगको अपेक्षा गरेको छु।‘ समाज टाइम्स सँग पौडेलले भने।
‘बैठक भयो, प्रक्रिया अगाडि बढेको छ।’ उनले भने।