राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित ‘लैङ्गिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधानमा राजनीतिक रुपमा महिलाहरूलाई अगाडि बढाउनको लागि महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सरकारकै पालामा संविधान सभाबाट संविधान जारी गरी राजनीतिक रुपमा महिलाहरूलाई अगाडि बढाउनको लागि राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेका छौ ।’
यस्तै, उनले लैङ्गिक संवेदनशीलताको विषय सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण भएको भन्दै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित र सुरक्षित समाज निर्माण गर्न सक्ने बताए ।
उनले भने, ‘लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र समस्या होइन । यो सामाजिक रूपान्तरणको लागि पनि महत्त्वपूर्ण विषय हो । हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित, समावेशी समाज निर्माण गर्न सक्छौ भन्ने हाम्रो विश्वास छ ।’








