जमैका नेपाली समाजको सभापतिमा पुष्कर खनाल

Getting your Trinity Audio player ready...
|
न्यु योर्क, अमेरिका/ अमेरिकाको न्यु योर्क राज्यकोको जमैका आसपास बसोबास गर्ने नेपालीहरूको संस्था जमैका नेपाली समाजको सभापतिमा पुष्कर खनाल चयन भएका छन्।
न्यु योर्कमा आइतवर सम्पन्न समर पिकनिकमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।
आजीवन र साधारण सदस्य गरी ४२ जना रहेको संस्थामा उप सभापति भीम न्यौपाने, सचिवमा पारस भारद्वाज (निरौला) कोषाध्यक्षमा सजन पौडेल निर्वाचित भएका छन्।
यस्तै सदस्यहरूमा अशोक ज्ञावली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट् कार्की, भूपेन्द्र बज्राचार्य, विनोद केसी, दिपक घिमिरे, गुण ब. धर्तिमगर र राम कार्की रहेका छन्।
निर्वाचन समितिमा तुलसी आचार्य र अशोक कार्की रहेका थिए।