सुशासनको विषयमा लेखकलाई परीक्षा र प्रश्न

सुरेश सुवेदी
काठमाडौं/ सुशासनको लामो अभ्यास गरेको नेपाली कांग्रेसलाई एउटा नयाँ अवसर आएको छ। भष्ट्रचारीलाई संरक्षण गरेको आरोप खेपिरहेको कांग्रेसले कसरी टुंग्याउने छ त्यो त देखिने छ ।
गृहमन्त्री लेखक जोडिएको भ्रष्टाचारको व्यापकता यसरी बढिएको छ कि, लागेका आरोप मेटिने देखिँदैन। सामाजिक मनोविज्ञान यस्तो भएको छ कि कुनै पनि पदमा पुगेको शक्तिशाली व्यक्तिले भ्रष्टाचार गरेकै हुन्छ । सामाजिक मनोविज्ञान यस्तो भएको छ कि सरकारी कामकाजमा हुने ढिलाई तथा खुल्लमखुल्ला हुने भ्रष्टाचार अनियमितताले पदमा पुगेकाहरूको शक्तिको दुरुपयोग गरेको ठान्दछ । स्रोतको दुरुपयोग गरेको देखिरहेका आम मान्छेहरुलाई भ्रष्टाचार भएको छैन/ होइन भनेर तुरुन्त विश्वास गर्ने अवस्था छैन। राज्यका निकाय प्रतिको विश्वसनीयता जोगाउन पनि चुनौति नै छ।
जो कोही सर्वसाधारणको मनमा उब्जिएको छ। सिङ्गो कांग्रेस अब सुशासन निमित्त सुशासनका निमित्त एउटा महत्वपूर्ण बिन्दुमा आइपुगेको कांग्रेस वृत्तभित्र देउबा पछिको उत्तराधिकारी को बन्ने भन्ने एउटा प्रतिस्पर्धा छ। जुन अव्यक्त र अघोषित प्रतिस्पर्धा हो। लेखक त्यसैका कोपभाजन भनेका हुन या उनी साँच्चै नै संलग्न भएका हुन् जवाफ होइन काम कारबाही हेर्न हतार छ ।
पुरानो पार्टी भएकै कारण कांग्रेसले भ्रष्टाचार गर्ने अवसर धेरै पाएको छ, यो अवसरमा कांग्रेस पटकपटक परीक्षण पार गदै आएको छ । यसपटक पनि कांग्रेसले आफू सुशासनका निमित्त कति प्रतिबद्ध छ भन्ने कुरा देखाउने अवसर पाएको छ । त्यो केही दिनमा हेर्न पाइनेछ । सुशासनको यात्रामा मन्त्री लेखक त एक सामान्य पात्र मात्रै हुन्।
गृहमन्त्री रमेश लेखक, जो विगतमा प्रतिपक्षी बेन्चमा रहँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेविरुद्ध तगडा प्रहारका लागि परिचित हुनुहुन्थ्यो, उहाँको अहिलेको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। उहाँले गर्ने कडा पश्न र सुशासनका आवाजहरू यतिबेला उहाँ आफैंतिर फर्किएका छन्। नैतिकताको यो विडम्बनापूर्ण निरन्तरताले नेपाली राजनीतिमा जवाफदेहिताको अभावलाई पुनः उजागर गरेको छ।
हालै, देशमा रोजगारीको सम्भावना नदेखेर विदेशिन खोजेका श्रमिक युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लुट्ने संगठित गिरोहको संलग्नताले गृह प्रशासनमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा छानबिन सुरु गर्दा गृहमन्त्री लेखक तनावमा पर्नुले उनको भूमिकामाथि शंका उब्जाएको छ। विशेषगरी, यस प्रकरणमा गृहमन्त्रीकै सचिवालयका सदस्य र गृह प्रशासनका उच्च अधिकारीहरूको संलग्नता देखिएको छ।
मन्त्रीका लागि प्रश्नहरू:
• सचिवालयको संलग्नता र गृहमन्त्रीको भूमिका: मानव बेचबिखनको संगठित जालो निर्माण गरेको आरोपमा अख्तियारले मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई समातेको छ। गृहमन्त्रीकै अग्रसरतामा भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ। के गृहमन्त्री लेखक स्वयं यस संगठित अपराधका हिस्सेदार हुनुहुन्थ्यो? उहाँको सचिवालयका सदस्यहरूको यस प्रकारको संलग्नतामा उहाँ कसरी अनभिज्ञ हुनुभयो?
• अख्तियारको छानबिन र गृहमन्त्रीको तनाव: अख्तियारले छानबिन गर्दा गृहमन्त्री खुसी हुनुपर्नेमा उल्टै तनावमा देखिनुको कारण के हो? के यसले गृहमन्त्रीको नैतिक धरातललाई कमजोर बनाउँदैन?
• व्यक्तिगत सम्बन्ध र गोप्य भेटघाट: गृहमन्त्री लेखकले विवादित सहसचिव भट्टराईसँग मन्त्रालयमा महत्वपूर्ण बैठकहरू छाडेर गोप्य भेटघाट गर्ने गरेको सूचना सार्वजनिक भएको छ। अध्यागमन कार्यालयका प्रमुखसँग निरन्तर गोप्य कोठामा छिर्नुपर्ने बाध्यता के थियो? के यसले आर्थिक लेनदेनको आशंकालाई बल दिँदैन?
• पूर्वसूचना र निष्क्रियता: विमानस्थलको अध्यागमनमा कुनै पनि बेला अख्तियारले छापा हान्न सक्छ भन्ने पूर्वसूचना गृहमन्त्रीलाई थियो। गडबडी पहिलेदेखि नै चालू थियो भन्ने जानकारी हुँदाहुँदै पनि उहाँले किन संलग्न अधिकारी र कर्मचारीविरुद्ध कुनै कदम चाल्नुभएन? गृह मन्त्रालयका कर्मचारी र पार्टीभित्रबाट समेत उठेका टिप्पणीलाई किन नजरअन्दाज गरियो?
• अख्तियारको छापा र सरुवाको निर्णय: अख्तियारले छापा मार्नुभन्दा अघिल्लो मध्यरात गृहमन्त्रीले मुख्य अभियुक्तलाई सरुवा गर्ने निर्णयमा पुग्नु र अध्यागमन विभागलाई समेत जानकारी नदिई कर्मचारीको टिम फेरिरहनुले घटना लुकाउन खोजिएको त होइन भन्ने शंका उत्पन्न हुन्छ। के उहाँ कर्मचारीविशेषको संलग्नतामात्रै भनेर यस घटनाबाट पन्छिन सक्नुहुन्छ?
• विवादास्पद कर्मचारीको पदस्थापन: काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यदेखि भ्रष्टाचारको आरोपबाट प्राविधिक रूपमा मात्रै सफाइ पाएका लालबाबु कवारीजस्ता विवादास्पद कर्मचारीलाई महत्वपूर्ण र संवेदनशील ठाउँमा पोस्टिङ गर्नुको पछाडि गृहमन्त्रीको के स्वार्थ थियो? यस प्रकारका निर्णयले उहाँको भूमिकामाथि थप शंका उत्पन्न गरेको छ।
• जवाफदेहिता र विधिको शासन: गृह मन्त्रालयले नेपाल प्रहरीलाई बिना दबाब र प्रभाव छानबिन गर्न दिन्छ भन्नेमा शंका पैदा भएको छ। विधिको शासन भएको देशमा उच्च सरकारी तहप्रति यस्तो शंका उत्पन्न हुनु दुःखद हो। गृहमन्त्रीले आफ्ना कारण छानबिन प्रभावित पो हुने हो कि भन्ने शंका निवारण गर्न के कस्ता उपयुक्त कदम चाल्दै हुनुहुन्छ?
• पदबाट नहट्ने अडान र जवाफदेहिता: पदमा बसेर आफूले गलत गरेको प्रमाणित भए राजनीतिबाट अलग हुन्छु भन्नुको सट्टा, अनुसन्धानलाई सहयोग पुग्ने गरी मार्गप्रशस्त गर्नुपर्ने सामान्य सत्यलाई गृहमन्त्रीले किन पुरा गर्नु भएको छैन?
•
गृहमन्त्री रमेश लेखकले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिएर राष्ट्रलाई आश्वस्त पार्नुपर्छ। यदि उहाँले जिम्मेवार जवाफ दिन सक्नुभएन भने उहाँले सुशासनको अभियानमा सहयोग गरेको मान्नु पर्दछ ।